गठबन्धन सरकार बनेपछि नेपाललाई विषय बनाएर शक्ति राष्ट्रका वक्तव्य आइरहेका छन्ः ओली

दियो पोस्ट  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेपछि नेपाललाई विषय बनाएर विभिन्न शक्ति राष्ट्रका वक्तव्यहरु आइरहेको दाबी गरेका छन् ।

शुक्रबार एमाले प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्ता कुराहरुले भोलि देशलाई नै अस्वस्थ क्रिडास्थल बनाउँदै जाने दाबी गरेका हुन् ।

‘यो सरकार बनेपछि नेपाललाई विषय बनाएर विभिन्न शक्ति राष्ट्रका कस्ता वक्तब्य आइरहेका छन् ?’, ओलीले प्रश्न गर्दै भने, ‘यस्ता कुराहरूले भोलि गएर हाम्रो देशलाई अस्वस्थ क्रिडास्थल बनाउँदै जाने र अप्ठेरोमा पार्ने सम्भावना हुनसक्छ । त्यसर्थ हामीले आगामी निर्वाचनमा जित्नैपर्ने गरी ध्यान दिनुपर्छ ।’
उनले अहिलेकै जसरी शासन सत्ता चल्ने हो भने अबको ५ वर्षभित्र लोकतन्त्र नरहने समेत बताए ।