एआईजी पोखरेलको राजीनामा अस्विकृत, आजबाट अनिवार्य अवकाशमा

दियो पोस्ट  

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा अदालतबाट मुद्दा हारेपछि राजीनामा दिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । राजीनामा स्वीकृत नहुँदै उनले  अवकाश पाएका हुन् ।

सरकारले आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी) बनाएको भन्दै पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट हालेका थिए।

सर्वोच्चले असार ३१ गते रिट नै खारेज गरिदिएपछि पोखरेलले राजीनामा दिएका थिए। पोखरेलले पेस गरेको राजीनामा मन्त्रिपरिषद्‌बाट स्वीकृत हुने पर्नेमा प्रहरी प्रधन कार्यालयले उक्त राजीनामा अघि नै नबढाइ राखेको थियो।

केही समयपछि आफैं अनिवार्य अवकाशमा जान लागेको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा प्रक्रिया अघि नबढाएको जनाएको थियो।अन्ततः ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका छन्।

उनको अवकाशसँगै प्रहरीमा एआइजीको एक पद रिक्त भएको छ ।