निहारिकालाई सर्वोच्च अगाडिबाट प्रहरीले लियो नियन्त्रणमा

दियो पोस्ट  

काठमाडौं । निहारिका राजपूत ‘कुमारी आमा’लाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ । तीन दिनदेखि आमरण अनशन सुरू गरेकी उनी आज न्याय माग्दै सर्वोच्च आएकी थिइन् ।

वसन्तपुरमा अनशन बसिरहेकी निहारिका आफ्नो माग सुनवाइ नभएको भन्दै सर्वोच्च परिसर आएकी हुन् । दुई वर्षको छोरा च्यापेर आएकी उनलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएका छन् ।

आफ्नो ब्यानर प्रदर्शन गर्न खोज्दा उनलाई बच्चासहित महिला प्रहरीले गाडीमा हालेका थिए । उनीहरूलाई सिंहदरबार वृत्तमा लगिएको छ ।