काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण गर्दा सो संक्रमण संख्या पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।