डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातिरहेका छन्, तर सबै डुब्छन्ः अध्यक्ष ओली

diyopost.com
दियो पोस्ट  आइतबार, साउन २२, २०७९ | १७:३५:३०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको टिप्पणी गरेका छन् । आज आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘उनीहरुको नसिवमै गठबन्धन लेखेको छ । डुब्तको सिन्केका सहारा भनेको जस्तै उनीहरुलाई बाँच्नका लागि गठबन्धनरुपी त्यान्द्रोको सहारा चाहिएको छ । डुब्न लागेकाहरु एउटाले अर्कालाई तानिरहेका छन् । तर, यिनीहरु सबै डुब्छन् ।’

ओलीले यो गठवन्धन पार्टीको रुपमा गइसकेको उल्लेख समेत गरे ।

सम्बन्धित खबर