बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलब लागू हुन्छः अर्थमन्त्री शर्मा

दियो पोस्ट  

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् ।

बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्‍दै आन्दोलित कर्मचारीहरुका संगठनले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७–९८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो । तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि गरेर सार्वजनिक भएको छ ।
असमान ढंगले तलब वृद्धि गरिंदा आफूहरु मर्कामा परेको भन्दै नासुहरुले भोलि विदा बस्ने घोषणा समेत गरेका छन् ।