गठबन्धन गरेर एमाले निर्वाचनमा सहभागी हुँदैनः प्रदीप ज्ञवाली

diyopost.com
दियो पोस्ट  मंगलबार, साउन २४, २०७९ | १६:१३:५५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताएका छन् ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए ।

‘राष्ट्रिय स्वभिमान, लोकतन्त्रमाथि भएको प्रहारको विरोध र ठूलो राजनीतिक परिवर्तनका साथ जनताको जीवनमा समृद्धि ल्याउने अजेण्डामा कोही सहमत हुनुहुन्छ भने स्थानीय स्तरमा गठबन्धन गर्ने सहकार्य गर्ने कुरामा खुला छौं,’ ज्ञवालीले भने,‘तर राष्ट्रिय स्तरमा गठबन्धन गरेर नेकपा एमाले निर्वाचनमा सहभागी हुँदैन।’

सम्बन्धित खबर