रास्वपाले भन्यो– भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्न हुन्न

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा स्वीकार्य नभएको बताएको छ ।

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा मंगलबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा रास्वपालाई स्वीकार्य नहुने बताएका हुन् ।

भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी दलहरूले गम्भीर त्रुटि गरिरहेको उनको भनाई छ ।

पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने उनले बताए। बैठकमा रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा मंगलबार नै दर्ता गर्नेगरी छलफल भइरहेको पनि बताए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ। त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ। जलन सम्बन्धी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः आज नै दर्ता गर्नेछौँ,’ उनले भने।

सिफारिस