जबरजस्ती करणी र भ्रुण हत्या मुद्दाका ‘मतियार’ किरण थापालाई एमालेको मन्त्री उपहार !

दियोपोस्ट संवाददाता

काठमाडौं । जबरजस्ती करणी, भ्रुण हत्या र डाँका चोरी मुद्दामा मतियार बनाईएका व्यक्तिलाई नेकपा एमालेले मन्त्री उपहार दिएको खुलेको छ । महेश बस्नेतसँग मिलेर एक युवतीको जिन्दगी बर्बाद गराउन मतियार बनेको आरोप लागेका भक्तपुर क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्य किरण थापालाई एमालेले बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्री उपहार दिएको हो । एमाले केन्द्रीय सदस्य बस्नेत निकट उनलाई बस्नेतकै दबाबमा मन्त्री बनाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा ति युवतीले महेश बस्नेतविरुद्ध दिएको जाहेरीमा थापालाई पनि मतियार बनाइएको छ । आफूमाथि जबरजस्ती करणी गर्ने, भ्रुण हत्या गराउनेदेखि आफ्नो अपार्टमेन्टमा डाँकाचोरी गर्ने गतिविधिमा संलग्न रहेको र उनले महेश बस्नेतको मतियारको रुपमा काम गरेको ति युवतीको आरोप छ । यहि आरोपसहित थापा विरुद्ध पनि जाहेरी दिएकी हुन् । काठमाडौं प्रहरी परिसरका तत्कालिन प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भूपेन्द्र खत्रीले जाहेरी दर्ता गरेपनि अभियुक्तलाई पक्राउ गर्न असफल भएका थिए ।

कसरी बने मतियार ?

दियोपोष्टलाई प्राप्त प्रमाण अनुसार महेश बस्नेतले ती युवतीलाई जबरजस्ती करणी, भ्रण हत्या र डाँका चोरीको घटना गराउँदा थापा मतियारको भूमिकामा थिए । ती युवतीले आफूलाई महेश बस्नेतले भारतमासमेत लगेर जबरजस्ती करणी गरेको आरोप जाहेरीमार्फत लगाएकी छिन् । उनको भनाई अनुसार भारतमा जाँदासमेत थापा महेश बस्नेतसँगै गएका थिए । यस्तै ति युवतीले मेघा अस्पताल र पोखराको चरक अस्पतालमा आफ्नो भ्रुण हत्या भएको जाहेरीमा उल्लेख गरेकी छिन् ।

यो काममासमेत उनै किरण थापाले मतियारको काम गरेका छन् । ति युवतीको भनाई अनुसार मेघा अस्पतालमा सेटिङ मिलाएर भ्रुण हत्या गराउने र नक्कली कागजात खडा गर्ने काममा समेत थापाको मिलेमतो देखिन्छ । केही महिनाअघि ति युवती बस्दै आएको बानेश्वरको एक अपार्टमेन्टमा नचिनेको व्यक्तिको समूहले लुटपाट गरेको थियो । अपार्टमेन्टमा युवती एक्लै भएको मौका पारेर मोबाईल लुटपाट गर्नेदेखि कुटपीट समेत भएको थियो । तत्कालिन उपत्यका प्रहरी प्रमुख एआइजी दिपक थापाको समेत मिलेमतोमा उक्त घटना घटाइएको थियो ।

सुरुमा महेश बस्नेतले म आउँदै छु भनेर युवतीलाई जानकारी गराएका थिए । तर त्यसको केही मिनेटमै केही अपरिचित व्यक्ति आएर मोबाईल र अरु सामानहरु लुटपाट भएको थियो । यो घटनामासमेत थापाले मतियारको रुपमा काम गरेका थिए । ति युवतीले आफ्नो मोबाईल र सबै सामानहरु सबै लुटिएको जाहेरीमा उल्लेख गरेकी छिन् भने यो काममासमेत महेश बस्नेतले किरण थापालाई मतियार बनाएर पठाएको आरोप लागेको छ ।

घटना बाहिर नल्याउन दबाब

महेश बस्नेत र युवा संघकी ति युवतीबीचको सम्बन्धबारेको घटना बाहिर नल्याउन उनै किरण थापाले निक्कै जोडबल गरेका थिए । उनीहरुबीचको सम्बन्धको घटना बाहिर आउँदा बस्नेतको राजनीतिक भविश्य नै समाप्त हुने भन्दै थापाले ति युवतीलाई विभिन्न प्रलोभनको प्रस्ताव लिएर गएका थिए । यतिसम्म कि, महेश बस्नेतविरुद्धको जाहेरी फिर्ता लिनका लागि तत्काल २५ लाख रुपैयाँ पैसा रुपैयाँको व्यवस्था गरिदिने, तत्काल ३–४ महिना अमेरिका गएर बस्नुपर्ने, घरघडेरी पास गर्नेलगायत ९ वटा बुँदासहितको प्रस्ताव लिएर थापा युवतीकहाँ पुगेका थिए । पैसा र घरघडेरी लिएर अमेरिका गएर बस्नुपर्ने अफर स्वीकार गरेको अवस्थामा मोबाईल सबै फम्र्याट गर्नुपर्ने, जाहेरी फिर्ता लिनुपर्नेलगायत सर्तसमेत महेशले उनै किरण थापालगायतमार्फत युवतीसम्म पुर्याएका थिए । यो घटना बाहिर नल्याउन किरण थापाले गरेको प्रयास अर्थहीन त बन्यो नै, तर यत्ति कसरत गरेबापत बस्नेतले थापालाई उपहार स्वरुप बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनाईदिएका छन् ।

 

बस्नेत–थापा कनेक्सन

किरण थापा नेकपा एमालेमा प्रवेश गरेको लामो समय भएको छैन । उनी एमाले प्रवेश गरेको मात्रै १० वर्ष भयो । २०७१ सालमा एमाले प्रवेश गर्नुभन्दा पहिले उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिए । त्यसअघि उनी खुंगार ठेकेदारको रुपमा परिचित थिए । आवश्यक पर्दा जति पनि आर्थिक सहयोग लिन सक्ने देखेर महेश बस्नेतले नै थापालाई एमाले प्रवेश गराएका हुन् । आफूलाई आर्थिकदेखि सबै सहयोग हुने भएपछि त्यहि स्वार्थ पुरा गर्नका लागि बस्नेतले थापालाई सँगै लिएर हिँड्न थालेका हुन् । अहिले पनि बस्नेत र थापा मिलेर भक्तपुरको जगातेमा एउटा निर्माण कम्पनी खडा गरेर काम गरिरहेका छन् । सडक कालोपत्रे गर्ने कम्पनि खडा गरेर उनीहरुले भएभरका सबै ठेक्कापट्टा हत्याउने काम गर्दै आएका छन् ।

एमाले प्रवेश गर्दादेखि नै महेश बस्नेतलाई आर्थिक रुपमासमेत सहयोग गर्दै आएका थापाले यसअघिको स्थानीय तहको चुनावमा वडा अध्यक्षको टिकट पाएर काम गरेका थिए । महेश बस्नेतकै जोडबलमा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ को वडा अध्यक्षको टिकट पाएर चुनाव जितेका उनले त्यसपछि पनि महेशको चित्त बुझाउने काम गर्दै अघि बढे । महेश बस्नेतलाई खुशी बनाउन सफल भएकै कारण उनले भक्तपुर क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्यको टिकट हत्याउन सफल भएका थिए । वडा अध्यक्षबाट एकैचोटी प्रदेशसभा सदस्य हत्याउन सफल उनै थापाले अहिले फेरि बस्नेतकै चित्त बुझाएर बागमती प्रदेश स्वास्थ्यमन्त्री बन्न सफल भएका हुन् । पार्टीमा लामो समयदेखि संघर्ष गर्दै आएकाहरुलाई पाखा लगाउँदै केही वर्षअघि मात्रै एमालेको राजनीतिमा होमिएका थापालाई अघि बढाउँदा भक्तपुरका कार्यकर्ताहरुसमेत चिढिएका छन् । यसैका कारण भक्तपुर जिल्ला अधिवेशनमा महेश बस्नेत पक्षकाले हार बेहोर्नुपरेको थियो । यसअघि भक्तपुरमा आफ्नो हैकमवाद लाद्दै आएका महेशले किरण थापाजस्ता व्यक्तिलाई काखी च्याप्दै अघि बढ्न थालेपछि उनकै निकटहरुलेसमेत काखी च्याप्न छाड्न थालेका छन् । उनै थापाले महेश बस्नेत र लामो समय बस्नेतसँग सम्बन्धमा बसेकी युवतीबीचसमेत मतियार काम गरेको खुल्दै गएको हो ।

रोडबाट एकाएक करोडपति कसरी बने ?

किरण थापा एक सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् । बाल्यकालमा आफ्नो पारिवारिक अवस्था मजबुत नभएका कारण उनले कक्षा १० भन्दा माथिको अध्ययनका लागिस परिवारबाट आर्थिक सहायता लिनसमेत सकेनन् । सिसडोलमा रहेको सरस्वति विद्या गृहबाट विद्यालय तथा उच्च शिक्षा गरेका भनिएका उनको शैक्षिक योज्ञता कतिसम्म हो भन्ने विषय खुल्न सकेको छैन । उच्च शिक्षा हाँसिल गर्न पानरिवारबाट आर्थिक सहायता पाउन मुस्किल भएइपछि उनलेृ आर्थिक उपार्जनका लागि अनेक विकल्पको खोजी गर्न थाले । यसबीचमा उनी कुखुरा पाल्ने व्यवसायदेखि विभिन्न ठेक्कापट्टको काममासमेत संलग्न हुँदै आए ।

कुनै समय पारिवारको आर्थिक अवस्थाकै कारण उच्च शिक्षा हाँसिल गर्नसमेत नसकेका थापा अहिले भने महेश बस्नेतहरुलाई चाहिएको आर्थिक सहयोग गर्न सक्ने हैसियतमा पुगेका छन् । अर्थात कुनै समय रोडमा रहेका थापाले महेश बस्नेतको पहुँच लगाएर नै विभिन्न ठेक्कापट्टाको काम हत्याउन सफल भएका छन् । त्यसबापत थापाले महेशलाई चाहिएको आर्थिक रकम जोहो गर्दै आएका उनी निकटहरु बताउँछन् ।

 

सम्बन्धित खबर