दियोपोस्टमा प्रकाशित समाचार प्रति श्री लालीगुराँस सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको खण्डन

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ साउन । ललितपुरको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।


मिति २०७६ साउन १९ गते अर्थात आज आईतबार दिउँसो पौने ३ बजे दियोपोस्टको प्रतिनिधिलाई खण्डनको पत्र पठाउँदे समाचारको ध्यानाकर्षण भएको बताएका हुन् ।


‘काठमाडौंबाट प्रकाशित हुने दियोपोस्ट डटकममा मिति २०७६ श्रावण ९ गतेदेखि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा ठगि लगायत विभिन्न शिर्षकमा संस्था तथा मेरो नाम जोडी एकोहोरो तरिकाले प्रकाशित गरिएको समाचार प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ,’ प्रेसित खण्डनमा भनिएको छ,‘दियोपोस्ट डटकममा पटक पटक संस्था र मेरो विषयमा हुँदै नभएको भ्रामक समाचारहरु बिना प्रमाण कुनै सोधखोज नगरी एकोहोरो रुपमा संस्थाको बदनाम हुने र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने अभिप्रायले प्रकाशित गरिएको छ त्यो सरासर गलत, भ्रामक र कपोकल्पित र प्रमाण बिहिन तरिकाले प्रकाशित गरिएको छ ।’ तसर्थ उक्त समाचारको विषयमा खण्डन गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’


भण्डारीले प्रेसित गरेको खण्डनमा क देखि झ सम्म समाचारको शिर्षक र प्रकाशित मिति उल्लेख गरिएको छ ।
पत्रमा मिति भने २ दिन अगाडी अर्थात साउन १७ गते उल्लेख गरिएको छ ।