यी हुन् मानसिक समस्याका लक्षणहरु

यी हुन् मानसिक समस्याका लक्षणहरु

मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ, जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनका सामान्य तनावको सामना गर्न, उत्पादनशिल एवं प्रभावकारी तरिकाले काम गर्न र परिवार तथा समुदायमा योगदान दिन सक्षम हुन्छ । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणहरूबाट व्यक्तिको मनका भावना, विचार वा सोचाइहरूमा विचलनले गर्दा मानिसमा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यवहारिक परिर्वतनलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ । मानसिक स्वास्थ्य समस्याले व्यक्तिको भावना, सोचाइ र व्यवहारमा परिवर्तन आउँछ । जसको कारण व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार तथा सम्बन्धमा असर पुग्छ । यस्तो समस्या जुनसुकै लिंग तथा उमेर समूहलाई पनि हुन सक्छ ।

मानसिक समस्यामा व्यक्तिअनुसार फरक–फरक लक्षण हुन सक्छन् । तीमध्ये केही लक्षण यस्ता छन् :

  •  असम्भावित घटना हुने कुरामा डर हुने । जस्तै, बेहोस भइएला कि भन्ने, मानसिक सन्तुलन गुम्ला कि भन्ने र मृत्युको डर आदि ।

  •  हात–खुट्टा वा शरीरबाट पसिना आउने । मनमा धेरै कुरा खेलाउने, तर्सिने र झस्किने । विनाकारण तुरुन्तै दुःखी वा खुसी हुने ।

  •  एक ठाँउमा बस्न नसक्ने, छटपटी हुने । मुटुको धड्कन असमान्य रूपमा बढ्ने । हात–खुट्टा काँप्ने, अचानक शारीरिक कमजोरी हुने ।

  •  बेसुरले बोल्ने, वेला–वेलामा बेहोस हुने ।

  •  सामान्य अवस्थामाभन्दा यौनइच्छामा कमी आउने ।

  •  बढी रिसाउने, झर्किने, दैनिक काममा मन नलगाउने, निद्रा नलाग्ने वा निद्रा मात्रै लागिरहने ।

Trending News