सेती अंचल यातायात व्यवस्था कार्यलयका प्रमुखसहित तीनजना घुससहित पक्राउ

दियो पोस्ट  

काठमाडौं, भदौ १३ । यातायात व्यवस्था कार्यालय सेतीका प्रमुखसहित तीनजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, अधिकृत भुवन जोशी र जयराज कारीगरलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।सवारी साधन बिक्री गरी नामसारी गरिदिए वपत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।

उनीहरुको साथबाट अख्तियारले १ लाख ६६ हजार १ सय रुपैयाँ बरामद गरेको छ । घुस वापतको १५ हजार, स्रोत खुल्न नसकेको १ लाख ५१ हजार १ सय रुपमा कार्यालय परिसरबाटै बरामद गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।