काठमाडौं, १८ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सञ्चालन गर्दै आएको अर्बौंको व्यापारिक साम्राज्यबाट कानुनी रुपमा अलग भएको घोषणा गरेका छन् ।
उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवा सुविधा समेत निलने घोषणा गरेका छन्। स्वास्थ्य मन्त्रालयमा सोमबार एक सय दिनको कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले सुरक्षाकर्मीबाहेकका कुनै पनि सरकारी सेवा सुविधा निलने घोषणा गरेका हुन्।