ओलीका आर्थिक सल्लाहकारको मिलेमतोमा हिमालयन रि काण्ड : ३ अर्बबढी घोटालाको खुलाशा

दियो पोस्ट  

काठमाडौं, १९ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शासनकालमा सबैभन्दा धेरै भ्रष्टाचार र भ्रष्टाचारीहरुका विरुद्धमा अभिव्यक्ति दिए । तर, उनको किचेन क्याबिनेटका सारथिहरुको संलग्नतामा हिमालयन रि लिमिटेडलाई पुनर्बीमा लाइसेन्स दिँदा तीन अर्बभन्दा बढी घोटाला भएको पाइएको छ । १०० रुपैयाँ अंकित संस्थापक सेयरबापत लगानीकर्ताहरुबाट प्रतिकित्ता ६५ रुपैयाँ बढी असुल गरी सो घोटाला गरिएको हो । सो घोटालाकाण्डमा देशकै नामुद एक मिडियाले पनि १० करोड रुपैयाँको गोल्डेन सेयर लिएको पाइएको छ । कुल सात अर्ब १८ करोडको संस्थापक सेयरमध्ये एक अर्ब रुपैयाँ दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०/५० करोड रुपैयाँका दरले सेयर लगानी गरेका छन् । उनीहरुको लगानीबाहेक छ अर्ब १८ करोड रुपैयाँमध्ये केहीलाई गोल्डेन सेयर त केहीलाई नजरानाबापत दिइएको सेयरबाहेक बाँकी सेयरमा भ्रष्टाचार भएको हो । करिब छ अर्ब रुपैयाँबराबरको छ करोड कित्ता सेयरमा व्यक्तिअनुसार २५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म रकम असुल गरी बाँडचुँड गरिएको स्रोतको दाबी छ । आज प्रकाशित आर्थिक दैनिकमा खबर छ ।


स्रोतका अनुसार हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गर्दा तीन अर्बभन्दा बढी अवैध रुपमा रकम संकलन गरिएको र सो रकम भूतपूर्व अर्थमन्त्री विष्णु पौडेल, प्रमका आर्थिक सल्लाहकार मोतिलाल दुगड, अर्थसचिव शिशिर कुमार ढुंगाना, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बाँडचुड गरेका छन् ।


नपाली बीमा जगतमा कालो इतिहास पोत्ने काण्डको मुख्य योजनाकार साहिल अग्रवाल, तत्कालिन प्रधानमन्त्री केपी ओलीका आर्तिक सल्लाहाकार मोतिलाल दुगड हुन् । कोरोना महामारीमा थर्मल गन तस्करी गर्ने सुलभ अग्रवाल र उनका एकाघरका भाई साहिल अग्रवाल नेतृत्वको कम्पनिहरुको मात्रै दुई अर्ब ३३ करोड रुपैयाँ शेयर लगानी रहेको देखिएको छ । स्रोतका अनुसार साहिल अग्रवालले र अन्य मारवाडी व्यावसायीसँग रकम उठाएका थिए भने प्रधानमन्त्री कार्यालयमा बसेर भित्रभित्रै सेटिङ गर्ने कार्यमा आर्थिक सल्लाहाकार मोतिलाल दुगडको मुख्य भूमिका रहेको थियो । मोतिलाल दुगड आफैले चाहीँ काठमाडौं रि नामक पुनर्वीमा कम्पनि दर्ता गर्ने भन्दै दुई करोड रुपैयाँको शेयर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, हिमालयन रिको सेटिङबाट लगानी नै नगरी ५ करोडभन्दा बढी रकम हात पार्न सफल भएयता सेटिङमा मिसिएका थिए । हिामालयन रिमा सेयर लिने दुई जना दुवै उनी होइनन् । अन्य व्यावसायीबाट कुरा चुहावत हुने तगा रिसवतबापत लिने थप रकमबारे पोल खुल्ने भएपछि साहिल अग्रवाल र दुगडबीचको सेटिङमा ९० प्रतिशत मारवाडी व्यावसायीहरुको समलग्नता खोजिएको थियो । बीमा समितिबाट लाइसेन्स जारी गर्ने कार्य सम्पन्न हुँदा झण्डै दुई दर्जन व्यक्ति तथा पदाधिकारीहरुको संलग्नतामा सेटिङ गरिएको सो काण्डमा तीन अर्बभन्दा बढी भ्रष्टाचार गरिएको तथ्य सो कम्पनीमा लगानी गरेर सेयर सदस्यहरुले दाबी गरेका छन् । आर्थिक दैनिकको सम्पर्कमा आएका एक लगानीकर्ताका अनुसार १०० रुपैयाँ अंकित संस्थापक सेयर सदस्यसँग १६५ रुपैयाँसम्म असुल गरिएको थियो ।

सुरुमा वातावरण बनाउन भन्दै प्रतिकित्ता २५ रुपैयाँ र कम्पनीको खातामा जम्मा गर्दा १४० रुपैयाँका दरले रकम बुझाएको दाबी गरेका छन् । मुख्य योजनाकार साहिल अग्रवाल र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडले व्यक्ति हेरेर रकमको मोलमोलाइ गरेको स्रोतको दाबी छ ।

१६५ रुपैयाँ तिर्नेहरुमा राजेश हार्डवेयरका राजेश अग्रवाल, भारतीय मूलकी व्यापारी साक्षी बंसल गुप्ता लगायतका रहेका छन् । हिमालयन रि लिमिटेड कम्पनी दर्ता गर्दा भएको घोटाला मुख्य रुपमा बीमा समिति र यसका अध्यक्ष सूर्य सिलवाल दोषी देखिएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपालसम्बद्ध विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिसकेका छन् ।

त्यसअघि दुईवटा उजुरी दर्ता भएको भए पनि आयोगले पत्र काट्नेबाहेकका काम गरेको छैन । आर्थिक दैनिकले २०७७ चैत ५ गतेको अंकमा ‘सेयर माफियाको सेटिङमा बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन लागेको’ भन्दै समाचार प्रकाशित गरेको थियो ।