काठमाडौं, १९ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुदैछ । ओलीसँगको भेटवार्ता अघि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।
कोटेश्वरमा भएको भेटवार्तामा समसामयिक राजनीतिका बारेमा दुई नेताबीच कुराकानी भएको छ ।
यसैबीच एमाले अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता गर्ने तयारी भएपनि समय र स्थानका बारेमा टुङ्गो नलागेको एमाले नेताहरुले बताएका छन् ।