४१ वटा राजनीतिक पार्टीको दर्ता खारेज (सूचीसहित)

दियो पोस्ट  

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको हो । आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ ।

दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक बर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् ।

आयोगको निर्णयसँगै अव निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ ।

यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।