ओली सरकारको विवादास्पद निर्णय : कमलपोखरी हत्याउनेलाई प्रकृति संरक्षण कोषमै नियुक्ती !

diyopost.com
दियो पोस्ट  बिहिबार, साउन २१, २०७८ | ११:५१:३५

काठमाडौं, २० साउन । सम्पदा संरक्षण क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुका अनुसार राजधानीको कमलपोखरी एउटा सभ्यता नै हो । नेवारी सभ्यतासँग जोडिएको यो क्षेत्रलाई नेवारी भाषा ‘थँ’ भन्नाले सबैभन्दा जेष्ठ अर्थात माथिल्लो । ‘बहिल’ भन्नाले विहार । हाल छायाँ सेन्टर रहेको स्थानमा कुनै समय ‘थँबहिल सभ्यतासँग जोडिएको पाखरी थियो । थँबहिल शब्द अप्रभंश हुँदै अहिले ठमेल बनेको हो ।


यस विहारको निर्माणसँगै विहारको पूजा, चाडपर्व तथा संस्कारका लागि निर्माण गरिएको कमलपोखरी, विहारको ठीक पूर्र्वितर रहेको छ, जुन तान्त्रिक विधिले बनाएको पोखरी हो । यस पोखरीको चारैतिर र बीचमा तान्त्रिक विधिले बनाएका इनारहरु थियो । उक्त पोखरीमा कमलको फूल फुलाइन्थ्यो । त्यसैले यस पोखरीलाई कमलपोखरी भनियो । काठमाडौं डिल्लीबजारमा नापी शाखामा रहेको फिल्ड बुकमा वि.सं.२०३३ कार्तिक १६ गते कित्ता नं.१६७ को पोखरी नै उल्लेख गरिएको छ ।

तर यो कित्ताको पोखरीमा यतिबेला पोखरी छैन १५ तले भव्य महल छ । जसलाई व्यापारी पृथ्वी बहादुर पाण्डेले आफ्नी आमाको नाम छायाँ देवि पाण्डेको नाममा ‘छायाँदेवि कम्प्लेक्स’ प्रा.ली बनाएर खडा गरे । कमलपोखरी हत्याएर योजनाबद्ध रुपमा छायाँदेवि कम्प्लेक्स बनाउने पाण्डेसहित ४३ जना भूमाफियाहरुको नाम पटक पटक सार्वजनिक हुँदा पनि सरकारले छायाँ सेन्टर भत्काउन र भूमाफियालाई कारबाही गर्नुको सट्टा उल्टै प्रोत्साहन गरेको पाइएको छ ।


कमलपोखरी हत्याएर छायाँ सेन्टर नामक भव्य महल बनाएर प्राकृतिक सम्पदामाथि लुट मच्चाउँदै आएकी एक पात्रलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्ड सदस्य सदस्य नियुक्त गरेको पाइएको छ ।

असार २९ मा सर्वोच्च अदालतको परमादेशले पदमुक्त भएका पूर्व प्रधानमन्त्री ओलीकै निर्देशनमा घिमिरेलाई कोषमा ल्याइएको हो । व्यापारीले सासु आमा इन्दु शर्मा र पत्नि रेखाको नाममा छायाँदेवि कम्प्लेक्समा शेयर राखेका छन् ।


घिमिरेले बालुवाटारमा आफ्नी सासु आमा इन्दु शर्मा र व्यावसायीक साझेदार पुरुषोत्तम पौडेल मार्फत सरकारी जग्गा कौडीको भाउमा आफ्नो नाममा ल्याएका थिए । छायाँ सेन्टरको नाममा कमलपोखरीको जग्गा हत्याउने ४३ भूमाफियाको सुचीमा उनकी सासुदेखि श्रीमतीको विवरण दियोपोस्टले यसअघि नै खुलाशा गरेको थियो ।


छायाँदेवि कम्प्लेस प्रा.लीको कम्पनि रजिष्टार कार्यालयमा रहेको दर्ता किताब अनुसार घिमिरेले आफ्नी श्रीमती रेखा घिमिरेको नाममा सबैभन्दा बढी शेयर खरिद गरेका छन् । रे

खाको नाममा ३ करोड १० लाखको शेयर रकम रहेको देखिन्छ । घिमिरेकी सासु इन्दु शर्माको नाममा भने भने ९ लाख मात्रै शेयर छ ।
त्यस्तै उनका व्यापारिक साझेदार पुरुषोत्तम पौड्यालका छोरा आशिष पौड्यालले ४० लाख रुपैयाँको शेयर किनेका छन् ।

घिमिरे छायाँदेविको निर्देशक !


सासु र श्रीमतिलाई अघि सारेर छायाँदेवी कम्प्लेक्सको शेयर लिएका घिमिरे आफू भने निर्देशक छन् ।
खर्बपति व्यापारीका रुपमा चिनिएका घिमिरेको दर्जनौँ कम्पनि छन् । छायाँ सेन्टरकै सबैभन्दा माथिल्लो तलामा घिमिरेले होटल सञ्चालन गरेका छन् ।

बालुवाटार जग्गा प्रकरणमा उन्मुक्ति

बहुचर्चित बालुवाटार स्थित ललिता निवासले चर्चेको सरकारी जग्गा मध्ये करिब १३ रोपनी जग्गा उनले आफ्ना आफन्तको नाममा हत्याएका थिए ।


सासु आमा इन्दु शर्मा र व्यापारिक साझेदार पुरुषोत्तम पौड्याल मार्फत उनले बालुवाटारको सरकारी जग्गा किनबेच नै गरेका थिए । तर तत्कालिन अख्तियार प्रमुख नविन घिमिरेको निर्देशनमा उनीहरुलाई मुद्दा नै नचलाई उन्मुक्ति दिइएको थियो ।

सम्बन्धित खबर