नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

दियो पोस्ट  

काठमाडौं, २२ साउन । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

शुक्रबार थप २५ जनाको संक्रमणबाट मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैबीच शुक्रबार थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यस अवधिमा १ हजार ८८५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

कुल संक्रमितमध्ये मृत्यु हुनेको दर १. ५ प्रतिशत र निको हुनेको दर ९३‍‍.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ।

सिफारिस