फास्ट ट्रयाकमा अनियमिततामा मुछिएका सेनाका पूर्वकर्णेलमाथि अकुत सम्पत्तिमा छानबीन !

diyopost.com
दियो पोस्ट  शनिबार, साउन २३, २०७८ | १९:४८:३५

काठमाडौं । नेपाली सेनाको कर्णेलबाट अवकास पाएका मंगललाल श्रेष्ठमाथि विभिन्न निकायले छानबीन थालेका छन् । उनीमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । उनी विरुद्ध सम्पत्ति सुद्धिकरण विभागदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले अनुसन्धान गरिरहेको विशेष स्रोतले जनाएको छ ।


श्रेष्ठले काठमाडौं तराई द्रुत मार्ग ‘फास्ट ट्रयाक’मा बहाल रहँदा र अवकाशपछि पनि सेटिङमा करोडौं रुपैयाँको चलखेल रहेको भन्दै नेपाली सेनाले समेत श्रेष्ठलाई निगरानीमा राखेको स्रोतले जनाएको छ ।


काभ्रेको विकट ठाउँबाट आएको छोटोसमयमै उनी अकुत सम्पत्तिका मालिक भएका थिए । ‘कर्णेलबाट अवकाश प्राप्त मंगललालको सम्पत्ति विवरण हेर्दा अस्वभाविक देखिन्छ,’ विभाग स्रोत भन्छ,‘त्यसैले पनि छानबिन गर्न योग्य देखिएको छ तर छानबीनमा भएको कुरा बाहिर आउनु गलत हो ।’ उनका अनुसार श्रेष्ठले यस अवधिमा काठमाडौँ उपत्यकाभित्र मात्रै आधा दर्जन आलिशान बंगला जोडेको स्रोतले बतायो ।


नेपाली सेनाको प्राविधिक भई कर्णेल भएका श्रेष्ठले आफ्नो कार्यकालमा आधा अवधि पनि जागिरको लागि खर्चिएनन । आफ्नो आफन्तको नाममा परामर्शदाता कम्पनि खडा गरेर करोडौँ कमाउने धन्दा नै चलाएको चर्चा अहिले पनि नेपाली सेनाभित्र चल्ने गरेको छ ।

सिभिल इन्जिनियर रहेका मंगललाल आफू सेनामा जागिर खाँदा आफ्ना परिवार र आफन्तका नाममा इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनि चलाएर विवादमा आएका थिए ।

पदमा रहदा श्रेष्ठले नेपाली सेनाभित्रका प्रायः सबै कन्सल्टेन्सी सम्बन्धी कार्यहरु आफ्ना तिनै कन्सल्टेन्सी मार्फत गरेका थिए । उनले त्यतिबेला नेपाली सेनाभित्रको काम मात्र हात पारेनन, सेनाको नाम दुरुपयोग गरेर अन्य सरकारी निकायका पनि सयौँ काम हात पार्न सफल भएका थिए । विकास निर्माणका कामलाई सहज बनाउने उद्देश्यले सेनाले आफ्नै मातहतमा गठन गरेको इन्जिनियरिङ विभागमा लामो समय काम गरेर मंगललालले सेनाका उच्च अधिकारीलाई समेत आफ्नो काबुमा राख्दै करोडौको काम गरेको स्रोतको भनाई छ ।


उनले गौरव इन्टिग्रेटेड डेभलपमेन्ट एसोसिएसन प्राइभेट लिमिटेड (गिडा) र गरिमा इन्टिग्रेटेड डेभलपमेन्ट एसोसिएन प्राइभेट लिमिटेड (गिडा) नामक २ उस्तै नामका कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । उनले आफन्तको नाममा उक्त कन्सल्टेन्सी सञ्चालन गर्दै आइरहेका छन् । मंगलालले कैयौं पटक गिडा नामका २ कम्पनीका लेटरप्याडको दुरुपयोग गरेको आरोपमा कारबाही भोगिसकेका छन् । तर उनको अवधै धन्दाको श्रंखला पनि अझै रोकिएको छैन् । तीन वटा फर्म मार्फत सहज रुपमा काम हत्याउनको लागि मंगल लालले आफन्तको नाममा अर्को जिओसी नामको कम्पनी पनि खडा गरेका छन् ।

उनले फर्मको संख्या पु¥याउन छ वटासम्म कम्पनि आफू मातहत सञ्चालन गर्दै आएका छन् ।


एक सरकारी निकायका उच्च अधिकारीका अनुसार मंगललालले जिम्मा लिएको काम अहिलेसम्म गुणस्तरीय रुपमा सम्पन्न हुन सकेको छैन । उनका अनुसार मंगललालले फर्जी कागज समेत पेश गर्ने गरेका छन् । फर्जी डकुमेन्ट पेस गरेको आरोपमा एसियाली विकास बैंकले गिडा र मंगललाललाई कालोसूचीमा समेत राखेको थियो ।


पैसाको तुजुकमा मंगललाल सरकारी विकास मन्त्रालय र विभागमा परामर्शदाताको काम लिनको लागि उच्च अधिकारीको मुल्य समेत तोक्दै हिडने गरेका छन् । केही ठाउँमा सफल भएपनि मंगललाल पछिल्लो समयमा पैसाले समेत काम नगरेको भन्दै असन्तुष्ट रहेको बताइएको छ ।

मंगललालकै संलग्नतामा रहेका कम्पनीहरुलाई फास्ट ट्रयाकको इन्जिनियरिङको काम सेनाले जिम्मा लगाउँदा स्वयं सेना नै विवादित बनेको बन्न पुगेको छ । त्यो दाग नेपाली सेनाले अझै मेटाउन सकेको छैन् । अन्तराष्ट्रिय रुपमा कालोसूचीमा रहेको कम्पनीलाई मंगललालकै संलग्नतामा फास्ट ट्रयाकको काम दिएपछि सैनिक नेतृत्व आलोचित बन्न पुगेको थियो । राष्ट्रिय गौरवका अन्य योजनाहरु धमाधम निर्माण भइरहे पनि श्रेष्ठको मिलेमेतामा परामर्शदाता छनोट भएको फास्ट ट्रयाक अयोजनामा भने कोभिडको बहाना देखाएर ढिलासुस्ती हुँदै आएको छ । जसको अपसजका भारी नेपाली सेनाले भोग्दै आएको छ ।

सम्बन्धित खबर