वाईसिएल भित्र विवाद : अध्यक्ष भन्छन्,‘हामी भित्र कुनै विवाद छैन’

diyopost.com
दियो पोस्ट  शनिबार, साउन २३, २०७८ | २०:२१:२४

काठमाडौं, २३ साउन । नेपाल कन्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालमा चरम विवाद रहेको खुलाशा भएको छ ।

वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले सामाजिक सञ्जालमा एउटा स्ट्याटस पोस्ट गरेपछि वाइसिएलभित्रको विवाद छताछुल्ल भएको हो ।


संगठनका अध्यक्ष तथा युवा नेता सापकोटालाई समेत थाहा नदिई महासचिव सुवोध श्रीपाली लगायत नेताहरु मैत्रीपूर्ण फूटबल खेलका लागि सातदोबाटो स्थित रंगाशाला गएको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखाले आफूहरुबीच कुनै विवाद नभएको बताए । ‘हामीबीच कुनै विवाद छैन । आजै हामीले सँगै खाना खाएका छौँ,’ उनले भने

यता वाईसिएल नेपालका महासचिव सुवोध श्रीपालीले आफूहरुले दैनिक रुपमा फूटसल खेल्दै आएको र शनिबार पनि व्यक्तिगत रुपमा खेल्न गएको बताए । आफूहरुले व्यक्तिगत रुपमा फूटबल खेल्नुलाई अतिरञ्जित गर्न जरुरी नरहेको उनले बताए । आज भएको खेल कुनै संस्थागत नभएको समेत उनले बताए ।

सम्बन्धित खबर