खोप लगाएपछि ९० वर्षिय भद्र कुमारी घले भन्छिन्,‘देउवा सरकारलाई जनताले आशिर्वाद दिन्छ’

diyopost.com
दियो पोस्ट  सोमबार, साउन २५, २०७८ | १६:१२:१६

काठमाडौं, २५ साउन । पञ्चायतकालिन पूर्व मन्त्री भद्र कुमारी घलेले वर्तमान सरकारलाई जनताले आशिर्वाद दिने बताएकी छिन् ।

काठमाडौं महाहनगरपालिका वडा नम्बर ३० मा आयोजना गरिएको खोप कार्यक्रममा सहभागी भएकी उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।


‘धेरै राम्रो भो । यस्तो सरकार आयो भने जनताले आशिर्वाद दिन्छ । हामी ९० वर्षमाथिका बुढा बुढीलाई ल आइज खोप लगाउन भन्दै बोलाएर खोप लगाइदियो । वास्तै गर्दैैन भने के गर्नु ?’ उनले खोप लगाएपछि संक्षीप्त प्रतिक्रिया दिइन् । शेरबहादुर देउवा सरकारले देशभर ७५ वर्षमाथिका बृद्ध बृद्धाका लागि कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप लगाइरहेको छ ।

सम्बन्धित खबर