एभरेष्ट बोर्डिङ स्कुलका ९ विद्यार्थीका लागि साढे ७ लाख रुपैयाँ छात्रवृत्ति रकम हस्तान्तरण

diyopost.com
दियो पोस्ट  आइतबार, साउन ३१, २०७८ | ०:०४:३६

काठमाडौं, ३० साउन । लायन्स क्लब अफ हिमालयन एक्सीलेन्सले गरिब तथा उपेक्षित विद्यार्थीका लागि छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ । काठमाडौंको गल्कोपाखास्थित एभरेष्ट आवाशिय माध्यमिक विध्यालयमा अध्ययनरत विद्यार्थीका लागि क्लबले ७ लाख ५६ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।


शनिबार एभरेष्ट आवाशिय विद्यालयको सभाहलमा आयोजित कार्याक्रममा लायन्स क्लब अफ काठमाडौं समृद्धिका चार्टर प्रसिडेन्ट शम्भु बहादुर थापा र लायन्स क्लब अफ हिमालयन एक्सीलेन्सका चार्टर प्रेसिडेन्ट ज्योति प्रकाश थापाले प्रिन्सिपल अनुप आचार्यलाई चेक हस्तान्तरण गरेका हुन् ।


कलेजका प्रिन्सिपल आचार्यका अनुसार लायन्स क्लब अफ आचेन ड्रेइलन्ड्रेक जर्मनीले गरिब तथा विपन्न विद्यार्थीका लागि लायन्स क्लब अफ हिमालयन एक्सीलेन्सीको खातामा जम्मा गरिदिएको थियो ।


चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले नेपालमा ४४ हजारको संख्यामा लायन्स सदस्यले समाज सेवा गर्दै आएकोे जानकारी दिए ।


‘नेपालमा ४४ हजारभन्दा बढी लायन्स सदस्य छौँ । हामीले विभिन्न क्षेत्रमा समाज सेवा गर्दै आएका छौँ । आजको डोनेशन पनि त्यसैको निरन्तरता हो,’ उनले भने,‘यस कलेजका प्रिन्सिपल अनुपजीको ईनिसियसनमा यो भएको हो । उहाँले विदेशमा बस्ने संस्थासँग आवद्ध भएर यहाँ आर्थिक रुपमा कमजोर विद्यार्थीलाई नामै तोकेर सहयोग उपलब्ध गराउनुभयो । यो निकै सराहनीय छ ।’


छात्रवृत्ति पाएका विद्यार्थीले असल शिक्षा लिएर देशको सचेत नागरिक बन्न हौसला मिल्ने समेत उनले विश्वास लिए ।


लायन्स क्लब अफ हिमालयन एक्सीलेन्सका चार्टर प्रेसिडेन्ट ज्योति प्रकाश थापाले जर्मनको लायन्स क्लब अफ आचेन ड्रेइलन्ड्रेकले सहयोग रकम उपलब्ध गराएको जानकारी दिए ।


क्लबका अनुसार एभरेष्ट स्कुलमा पढ्ने ९ जना गरिब तथा जेहेन्दार विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन् । कक्षा ५ मा पढ्ने उत्सव बोहोराले ४ सय ५० युरो पाउँनेछन् । स्नातक तह पढ्दै गरेकी मोनिका परियारले ५ सय ५० युरो, कक्षा ९ की रुबी शमाले ७५० युरो, कक्षा १० की प्रगती खतिवडाले ८ सय ५० युरो, कक्षा ८ का रकिव रेहमान हुसेनले ६ सय ५० युरो, कक्षा ८ का अलि सेख हुसेनले ६ सय ५० युरो, कक्षा ३ की प्रतिशा मगरले ४ सय ५० युरो, कक्षा ४ का प्रदिप मगरले ४ सय ५० युरो र कक्षा ९ की सिरिसा तामाङले ७ सय ५० युरो गरि जम्मा ५ हजार ४ सय युरो अर्थात ७ लाख ५६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने क्लबकले जनाएको छ ।

सम्बन्धित खबर