काठमाडौं, ३१ साउन । सत्तारुढ गठबन्धनले नेकपा एमालेकी सांसद तथा युवा नेतृ राम कुमारी झाँक्रीलाई प्रतिनिधि सभाको उपसभामुख बनाउने तयारी थालेको छ ।
नेकपा एमालेको माधव नेपाल समुहबाट तत्कालिन ओली सरकारको गलत क्रियाकलाप विरुद्ध खरो अवाज उठाउँदै आएकी उनलाई उपसभामुख बनाउने तयारी भएको उच्च राजनीतिक स्रोतले बतायो ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा आएकी उनलाई केही समयअघि राष्ट्रपति संस्था विरुद्ध बोलेको भन्दै उनकै पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा पक्राउ गरिएको थियो ।
तर, चौतर्फी विरोध भएपछि प्रहरीले उनलाई ३ घण्टामै रिहा गरेको थियो ।
गठबन्धन दल नेपाली कांग्रेसले झाँक्रीलाई सभामुख बनाउन प्रस्ताव गरेको छ ।
माओवादी केन्द्रले पनि समर्थन गरेको र गठबन्धनका मुख्य नेता माधव नेपाल पनि सकारात्मक भएका कारण उनी उपसभामुख बन्ने पक्का रहेको एक नेताले बताए ।
यद्धपी झाँक्रीले भने यस विषयमा कुनै औपचारिक प्रक्रिया दिएकी छैनन् ।