वागमती प्रदेशमा डिआइजी कार्कीको असुली आतंक : राजमार्गमा बालुवा तस्करी !

diyopost.com
दियो पोस्ट  सोमबार, साउन ३२, २०७८ | १२:४७:३४

काठमाडौँ, ३२ साउन । वागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी प्रकाशजंग कार्कीले वागमती क्षेत्रमा असुली थालेका छन् ।
उनले जिल्ला जिल्ला दौडेर पैसा असुल्न थालेको स्रोतले जानकारी दियो । उनले त्यहाँ असुलीका लागि प्रहरी उपरिक्षक (एसपी ) समेतलाई थाहा नदिई प्रदेशबाटै आफु अनुकुलका घुमुवा खटाएका छन् । यस्तै प्रदेश २ र वागमती प्रदेशको सिमा नाका रातमाटेमा अवैध तस्करी समेत बढाएका छन् ।

वागमती प्रदेशको मुख्य नाकामा रहेको सिसिटिभिको मोनिटरिङ्ग हुने हुँदा चोकजाँचका क्रममा तस्करी गाडी रोकिए भने प्रदेश कार्यालयबाट सिधै फोन गरेर छोड्ने निर्देशन समेत हुने गरेको एक प्रहरी अधिकारीले बताए ।


रातमाटेबाट पछिल्लो समयमा मोबाईल, कपडा, निर्माण सामाग्री सहित अवैध लागुऔषध समेत खुले आम तस्करसँगको साठगाठले भईरहेको छ । नेपाल प्रहरीमा आफुलाई स्वच्छ छविको प्रचार गर्दै आएका डिआईजी कार्कीले एसपी हुदाँ देखि तस्करी गरि अकुत सम्पत्ती आर्जन गरेको र पुरै स्रोत नखुलाएको बुझिन आएको छ ।


वागमती प्रदेशमा तस्करी मौलाउने उनले खुले आम गिटि बालुवाको तस्कारीमा कुनै कडाई गरेका छैनन् । भने उनी आएको एक महिना वित्दा समेत कुनै उपलब्धी हासिल हुन सकेको छैन् । उनी डिआइजी भएर आएपछि राजमार्ग क्षेत्रमा दिनदहाडै बालुवा तस्करहरुले टिफरका लाइन लगाउने गरेका छन् । राजमार्ग क्षेत्रमा चेकिङको नाममा ति टिफरहरुलाई प्रहरी कर्मचारीले बर्दिमै खुलेआम असुली गर्दै आएका छन् ।

चितवनको सेना हत्या काण्डमा पनि डिआइजी कार्की विवादमा मुछिएका छन् । यहाँ उनले हतियारका कारण सेनाको कोटमार्सल नै न्याय संगत नदेखिने भएपछि सेनासँगको मिलेमतोमा सेनालाई जोगाउन हत्याकाण्डमा भेटिएको हतियार साट्ने चलखेल पनि गरेको समेत आरोप छ ।
डिआइजी कार्कीको पुलिसिङका कारण वागमती क्षेत्रमा तस्करी मौलाएको छ । केपी ओली नेतृत्व सरकार हुदाँ वागगमी प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई रिझाएर उनी वागमती प्रदेश प्रमुख हुन सफल भएका थिए ।


यहाँ डिआईजी कार्कीले मकवानपुर जिल्लामा कांग्रेस कार्यकर्तालाई दुख दिन थालेका छन् ।


केहि अगाडी मात्रै मकवानपुरका एसपी सामेन्द्रसिंह राठौरलाई निर्देशनपछि त्यहाँका एसपीले कांग्रेस वडा अध्यक्ष र्दुव्यवहार गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष तथा सर्वोच्चको आदेशबाट सत्ताच्युत भएका निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई रिझाउन उनले खुलमखुल्ला सहयोग गर्दै आएको आरोप छ । जिल्ला एसपीहरुलाई ओली समुहलाई सहयोग गर्न निर्देशन नै दिएको आरोप छ ।


मकवानपुर, चितवन, धादिङ्गं, नुवाकोट, काभ्रे लगायतका जिल्लामा गिटी बालुवा तस्कारीका लागि खुले आम टिपर आतंक मच्चाएको स्थानियहरुले गुनासो गरेका छन् । यसैगरि रसुवा र सिन्धुपाल्चोक नेपाल चीन सिमा नाकामा समेत उनले आफु अनुकुल व्यक्ति राखेर तस्करीको लाइन मिलाएको आरोप छ । धादिङ क्षेत्रमा भने बर्खा याममा समेत खुलेआम बालुवा तस्करी हुँदै आएको छ ।

सम्बन्धित खबर