काबुल विमानस्थलमा देश छाड्नेहरुको भिडले विमास्थल नै नियन्त्रण बाहिर (भिडियो हेर्नुहास्)

diyopost.com
दियो पोस्ट  सोमबार, साउन ३२, २०७८ | १५:२२:१५

एजेन्सी, ३२ साउन । कट्टरपन्थी संगठन तालिवानले अफ्गानस्तानको राजधानी सहित राष्ट्रपति कार्यालय समेत कब्जा गरेपछि अफगानस्तान अस्तव्यस्त बनेको छ । राष्ट्रपति मोहम्मद असरफ घानीले देश छाडेपछि नागरिकको विचल्ली भएको छ । उनीहरुले देश छाड्नका लागि काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड गरेका छन् ।


अफ्गानस्तानमा व्यापार गर्दै आएकाहरु, मन्त्री, कर्मचारी र सांसदहरुको परिवार देश छोड्नका लागि भन्दै विमानस्थलमा भिड भएका छन् । तर, एउटा पनि हवाई जहाज नउडेपछि त्यहाँ भागदौड मच्चिएको छ ।


समाचार संस्था रोयटर्सले विमानस्थलसहित काबुलको सुरक्षा अवस्था अस्तव्यस्त भएको जनाएको छ । अफगान सरकारका मन्त्री, सरकारी कर्मचारीलगायत सयौं महिला तथा बालबालिका विमानस्थलमा उडानको पर्खाइमा रहेको रोयटर्सले जनाएको छ । ‘विमानस्थल नियन्त्रणबाहिर छ,’ एक सरकारी अधिकारीले भने । काबुलबाट उड्ने व्यावसायिक उडानहरू रोकिएपछि उनीहरू थप अन्योलमा परेका छन् ।

तालिवानले आइतबार बिहान मात्रै पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नेटो सेना बाहिरिएसँगै तालिवानले एकपछि अर्को सफलता हात पारेको हो । केही सातायता तालिवानले राजधानी काबुलबाहिरका महत्त्वपूर्ण र रणनीतिक सहर नियन्त्रणमा लिएपछि सरकार दबाबमा परेको थियो ।


आइतबार तालिबानले राष्ट्रपति भवन नै कब्जामा लिएको छ ।

सम्बन्धित खबर