‘ओलीले ल्याएको अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई यो अध्यादेशको विरोध गर्ने हक छैन’

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०२, २०७८ | १२:२०:४४

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश गलत भएको बताएका छन् । यद्धपी हाल राष्ट्रपति विद्यादेवि भण्डारीलाई यो अध्यादेशको विरोध गर्ने नैतिक धरातल भने नभएको उनको आरोप छ ।


‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत १ हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत,’ उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनरहुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’


गत वर्ष तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद छलेर ल्याएको अध्यादेश पनि गलत भएको उनको जिकिर छ ।


‘संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनरहुँदैन।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ,’ थापाले भने ।

सम्बन्धित खबर