काठमाडौं, ३ भदौ । राजधानी दैनिकका अध्यक्ष तथा प्रकाशक महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमणका कारण शेरचनको निधन भएको उनी निकट स्रोतले जनाएको छ । लामो समयदेखि कोरोना संक्रमणबाट थलिएका उनको राजधानीको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा निधन भएको हो ।
राजधानी दैनिकका अनुसार उनको ६७ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन् ।
संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।