प्रदेश एकका मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी !

दियो पोस्ट  

काठमाडौं, ३ भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि राईले राजिनामा दिएर भिम आचार्यलाई मुख्य मन्त्री बनाउने नेकपा एमालेको तयारी छ ।


स्रोतका अनुसार राईले आजै राजिनामा दिने तयारी गरेका छन् । सत्ता समिकरण एकिन नहुँदा राजिनामाको मिति भोली सम्म लम्बिने स्रोतहरुले जनाएका छन् ।


मुख्य मन्त्री राईले राजिनामा दिने विषयमा अहिले पनि छलफल भइरहेको स्रोतले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका सुचना अधिकारी विमल पौडेलका अनुसार अहिले राजिनामा दिने विषयमा छलफल चलिरहे पनि हालसम्म एकिन केही जानकारी प्रमुखको कार्यालयमा केही आएको छैन । ‘राजिनामा दिने विषयमा छलफल चलिरहेको छ रे । तर अहिलेसम्म केही एकिन आएको छैन । उहाँहरुबीच कस्तो समिकरण बनाउने भन्ने विषयमा छलफल चलिरहेको होला,’ उनले भने,‘भोली सम्म यकिन जवाफ आउनेछ ।’


प्रदेश एकमा नेकपा एमालेको ५१ सांसद छन् । तीन जना सांसद नेकपा एमाले समाजवादीमा लागेका छन् । तर समाजवादीका नेता राजेन्द्र राईले आफूहरुसँग १५ जना सांसद रहेको दाबी गरेका छन् । राईको दाबी अनुसार १५ सांसद समाजवादीमा लागे शेरधनको सरकार ढल्नेछ ।