काठमाडौं, ४ भदौ । ललितपुर प्रहरीले यौन अखडाबाट नेपाली कांग्रेसका एक जना भिआइपी नेतालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो प्रहरीले झम्सिखेलस्थित कान्तिपुर अपार्टमेन्टबाट ४ महिलासहित ४ जना व्यापारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ब्यापारी राजेश अग्रवालसहित एक नेता सुनिल विष्ट रहेको पाइएको छ ।
उनी प्रधानमन्त्री शेर बहादुर देउवा निकट व्यक्ति हुन् ।
यता व्यापारी अग्रवाललाई रिहा गर्न पूर्वएआइजी हेमन्त पालसहितका प्रहरीका उच्च अधिकारीले नै दबाव दिएका थिए ।
झम्सिखेलमा फ्ल्याट नै भाडामा लिएर वेश्यावृत्ति गराउने एक महिलासहित ४ जना युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
फ्ल्याट नै लिएर यौन गतिबिधि गराएको गुनासो प्रहरीमा पुगेपछि छापा मार्ने क्रममा ब्यापारी अग्रवाल पक्राउ परेका थिए ।