एमालेमा पहिरो ल्याउने वामदेवको तयारी, १० सांसद सहित माधवको पार्टीमा प्रवेशको तयारी !

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र ०५, २०७८ | २२:३१:१२

काठमाडौं, ५ भदौ । विभाजित नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम १० सांसद लिएर माधव नेपाल समुहमा मिसिने भएका छन् । उनले सत्ता सहकार्यको प्रस्ताव समेत गरेको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार गौतमले गृहमन्त्रीमा दाबी गरेका छन् ।


केहीदिन अघि पूर्व एमाले नेता माधव नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादीमा गौतम सामेल हुने चर्चा छ । समाजवादीका कार्यकर्ताले माधव नेपाल, झलाथ खनाल र वामदेव गौतमको तस्विर राखेर ब्यानर प्रचार गरेका छन् ।


‘गौतमजीले गृहमन्त्रीको माग गर्नुभएको छ । उहाँलाई केपी ओलीले आफ्नो फाइदाका लागि प्रयोग गर्नुभयो । त्यसको महशुस उहाँलाई भएको छ । ओली नेतृत्वको नेकपा एमालेमा अपमानित हुनुभन्दा सम्मानसहित माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा बस्नु नै उहाँका लागि श्रेयस्कर छ,’ समाजवादीका एक शिर्ष नेताले भने,‘उहाँको नेतृत्वमा १० जना सांसद समाजवादीमा आउन तयार छ । केहीदिन भित्रै ओलीजीको पार्टीमा राजनीतिक पहिरो जानेछ ।’


गौतमको समुहमा १० जना सांसद छन् । यद्धपी उनकी पत्नि तुलसा थापा गौतमले माधव नेतृत्वको एकिकृत समाजवादीलाई यसअघि नै समर्थन गरिसकेकी छिन् । तर, दलबहादर राना लगायत सांसद भने मौन छन् । घनश्याम भुसालसहित ९ जना नेताले भने निर्णायक तहमा मााधवलाई साथ दिएनन् । यसअघि माधव नेपाललाई राजनीतिक रुपमा उचालेका उनीहरु विभाजनको तहमा भने तटस्थ बसिदिएका छन् ।


नेकपा एमालेको पुराना नेता भएपनि गौतमलाई अडान नभएको नेताको रुपमा आरोप लाग्ने गर्छ । उनले स्पष्ट अडान नलिएको भन्दै एमाले भित्रै उनको चर्को विरोध हुने गरेको छ ।

सम्बन्धित खबर