देउवाले २ मन्त्रालय दिने भएपछि महन्त ठाकुर नेतृत्वको जसपामा लफडा : दर्जनौँको दाबी !

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र ०६, २०७८ | ०:४०:०४

काठमाडौं, ५ भदौ । जनता समाजवादी पार्टीबाट विभाजित भएको महन्त ठाकुर नेतृत्वको जनता समाजवादी (लोकतान्त्रिक) पनि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।


देउवा सरकारमा सहभागी हुन ठाकुरले पूर्व मन्त्री तथा शिर्ष नेता शरतसिंह भण्डारीलाई खटाएका छन् । स्रोतका अनुसार उनकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी छ । तर, राजेन्द्र महतोले समेत सरकारमा जाने जोडबल गरेकाले सरकारमा सहभागी हुने विषयमा पार्टी भित्र तिब्र विवाद उत्पन्न भएको छ ।


यसअघि केपी ओली नेतृत्वको सरकारमा समेत महतोले नै नेतृत्व गरेर सरकारमा सहभागी भएका थिए ।

तर, उनको नेतृत्वमा सरकारमा सहभागी भएपछि पार्टी तिब्र विवादमा परेका कारण अब उनको नेतृत्वमा सकारमा सहभागी हुन नहुने अर्काथरी नेताहरुको तर्क छ ।


स्रोतका अनुसार देउवा सरकारमा जसपा लोकतान्त्रिकलाई ३ मन्त्रालय दिने तयारी छ । तर, उता उपेन्द्र यादवले पनि ३ मन्त्रालय दाबी गरेको हुनाले ठाकुर नेतृत्वको पार्टीले २ वटा मात्रै मन्त्रालय पाउने संभावना रहेको जसपाका एक नेताले बताए ।


ठाकुर नेतृत्वको जसपालाई सहरी विकास, पर्यटन मन्त्रालय दिने तयारी देउवाले गरेका छन् ।

तर, सत्तारुढ गठबन्धन भित्र यी मन्त्रालय कसले लिने भन्ने विषयमा तिब्र विवाद छ । केहीदिन अघि मात्रै नयाँ दल दर्ताभएपछि जसपा लोकतान्त्रिकमा १५ जना सांसद रहेको दाबी गरिएको छ ।

यद्धपी उनीहरुले दाबी गरेअनुसारको सांसद नभएको अर्काथरी नेताहरुको दाबी छ । ठाकुर नेतृत्वको जसपाले पाउने २ मन्त्रालयका लागि एक दर्जनभन्दा बढीको रस्साकस्सी रहेको स्रोतले बतायो ।

सम्बन्धित खबर