स्विस बैंकमा नेपाली बैंकका सिइओले ३ अर्ब कालोधन लुकाएको खुलाशा !

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र ०६, २०७८ | १८:३२:०३

काठमाडौं, ६ भदौ । नेपालमा बैंकका सिइओहरुलाई नियमन गर्ने निकाय छैन । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाभित्र भइरहेको वित्तिय अपराध नियन्त्रण गर्न समेत असफल भइरहेको परिप्रेक्षमा सिइओहरुमाथि कसले निगरानी गर्ने ?


त्यसैले त बैंकका सिइओहरुको मनोमानी छ । सामान्य त नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त बैंकहरुले कम्तिमा पनि महिनाको १० लाख रुपैयाँ तलब खान्छन् ।

कतिपयको १५ लाख भन्दा बढी छ । त्यति मात्रै होइन ऋण ठूला कर्जा स्विकृतमा सिइओहरुको प्रत्यक्ष अप्रत्यक्ष लाभ हेरिन्छ । सिइओहरुले आफूलाई फाइदा नहुनेगरि ठुला ऋणमा फाइल नै अघि बढाउँदैनन् । कर्जामा गरेको अनियमितताकै कारण किस्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सिइओ कमल ज्ञवाली जेल पर्नु पर्यो । एक जना नामुद सिइओले नेपालमा कमाएको पैसा अमेरिकामा लुकाएका छन् ।

बैंककै एक कर्मचारीसँग अनैतिक सम्बन्धमा रहेका ति सिइओ ढिलो चाँढो नेपाल छाडेर भाग्ने तयारीमा छन् ।

घरमा श्रीमती र बच्चा हुँदा हुँदै बैंककै उच्च तहको कर्मचारीसँग अनैतिक सम्बन्ध कायम भएपछि उनी दोस्रीलाई लिएर उनले अमेरिकामा जाने तयारी गरेका छन् ।

उनले अमेरिकामा फ्ल्याट नै बुकिङ गरेको विश्वस्त सुत्रको दाबी छ ।


यता नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त एक बैंकका सिइओले भने नेपालमा कमाएको अर्बौं रुपैयाँ विदेशमा लुकाएका छन् । नेपालमै आफू कार्यरत बैंकमा कालोधन लुकाउन समस्या भएपछि उनले स्विजरल्याण्डमा रहेको स्विस बैंकमा ३ अर्बभन्दा बढी रकम लुकाएको विश्वस्त स्रोतको दाबी छ ।


बैंकमा काम गर्दा कमाएको अनधिकृत रकमलाई गोप्य रुपमा स्विस बैंकमा लुकाउने ति सिइओ आफूलाई प्रतिष्ठित व्यक्ति बताउने गरेका छन् ।

बैंकमा कार्यरत साना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सामेल गराउन समेत अस्विकार गरिरहेका बैंकहरुका सिइओहरु भने अर्बौ रुपैयाँ विदेश लुकाउने हैसियतमा पुगेका छन् ।

बैंकका समान्य कर्मचारीलाई भने मासिक ८–१० हजार तलब दिएर काममा लगाइने गरेको छ ।
स्विस बैंकमा पैसा लुकाउने ती सिइओले स्विस नागरिककै सहयोगमा उक्त रकम लुकाएको आरोप छ । ती सिइओ बैंक तथा अन्य कर्पोरेट हाउससँग सम्बद्ध रहेका व्यक्ति समेत हुन् ।

स्विट्जरल्यान्डको केन्द्रीय बैंक स्विस नेशनल बैंकमा नेपालीहरुको मात्र ४६ अर्ब ६४ करोड रहेको छ र यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो ।

सन् २०१९ मा नेपालीले लुकाएर राखेको २२ अर्ब ७३ करोड रहेको विवरण सार्वजनिक भएको थियो तर यस वर्ष उक्त रकम बढेर ४६ अर्ब ६४ करोड पुगेको हो ।

स्विस बैंकमा विश्वका दुई सय २४ राष्ट्रका भ्रष्ट व्यक्तिहरुले कालोधन लुकाउने गरेको पाइन्छ ।

सम्बन्धित खबर