माओवादी केन्द्र स्थायी समिति बैठक : सातै प्रदेशका इन्चार्ज फेरिए, लेखराज ठाउँमा खगराज आए

diyopost.com
दियो पोस्ट  आइतबार, भाद्र ०६, २०७८ | २१:३८:४१

काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले नेताहरुको कार्याविभाजन गरेको छ । आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सम्पन्न बैठकले प्रदेश इन्चार्जहरु परिवर्तन गरेको छ ।

माओवादी केन्द्रले ७ वटै प्रदेश र ७७ वटै जिल्लामा नेतृत्व तोकेको छ । माओवादी केन्द्रका ७ वटै प्रदेशको नेतृत्व यस्तो रहेको छ । प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन् ।

बागमति प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन् । लुम्बीनी प्रदेशमा चक्रपाणि खनाल , कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन् ।

त्यसै सुदुरपश्चिम प्रदेमा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । यसअघि माओवादीको प्रदेश इन्चार्ज रहेका लेखराज भट्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सम्बन्धित खबर