मुम्बईमा गुण्डागर्दीको कहानी : हाजी मस्तानदेखि करीम लालासम्म

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र ०७, २०७८ | १६:४४:१०

एक जमाना थियो, मुम्बईको मजगाउँ डाक्समा शेर खान पठान नाम गरेका गुन्डा कुल्लीहरूबाट हप्ता असुली गर्थे । जबजब कुल्लीहरू  हप्ता दिन सक्दैन थिए , उनीहरूलाई पठानका केटाहरूले चरम यातना दिने गर्दथे । 

पठानको ‘दिन दुई गुणा रात चार गुणा’ बढिरहेको यस डकैतलाई हाजी मस्तानले नजिकबाट नियालिरहेका थिए । उनी यो बुझ्न असमर्थ थिए कि, एक बाहिरी व्यक्ति आफ्नो इलाकामा आएर कसरी डकैतको बलमा दु:खजिलो गरेर पेट भरिरहेका कुल्लीहरूबाट हप्ता असुल्न सकिरहेको छ । 

शेर खानको अत्याचारलाई नजिकबाट देख्दादेख्दै उसको अत्याचारबाट पार पाउने उपायको खोजीमा थिए- मस्तान । अन्ततः हाजी मस्तानले शेर खानको विरुद्ध जाने निधो गरे। अर्को शुक्रबार, जब शेर खान आफ्ना गुन्डाहरूको साथ हप्ता असुल्नको लागि आए, तब  उनले चाल पाए कि कुल्लीहरूको लामो लाइनबाट १० जना कुल्लीहरू गायब छन् । 

शेर खानले आफूमाथि हमलाको पूर्वसूचना पाउनु अगावै मस्तान र उनका १० जना साथीहरूले शेर खान र उनका चार गुन्डामाथि हमला बोलिदिए । गुप्तचर (खबरी) र रामपुरी चाकु भएतापनि मस्तान र उनका चार साथीहरू शेर खान माथि भारी परे । शेर खान आफ्नो साथीहरूको साथ आफ्नो ज्यान बचाउनको लागि त्यहाँदेखि भाग्न विवश भए । 

यस घटनापश्चात् हाजी मस्तानको परिचय फेरियो । उनी कुल्लीहरूको नेता मात्रै भएनन् , ‘मस्तान लिजेण्ड’ नामले परिचित भए । र, यहीँ देखि सुरु हुन्छ- मस्तान लिजेण्डको कहानी । 

यस दृश्यलाई इस्वीको १९७५ मा यश चोपडाले  फिल्म ‘दिवार’मा अमिताभ बच्चनमाथि चित्रांकन गरे । हालसालै प्रकाशित आफ्नो आत्मकथा ‘अ रुड लाइफ’मा प्रसिद्ध पत्रकार वीर सांघवी लेख्दछन्, “दिवार फिल्ममा अमिताभ बच्चनले निभाएको चरित्रले हाजी मस्तानको जिन्दगीलाई बयान गरेको छ । उनले (बच्चनले) मलाई बताएका थिए-  फिल्ममा सिर्फ ७६८ नम्बर वाला बिरालोको कहानी फेन्टासाइज गरिएको थियो ।”

यस दृश्यलाई इस्वीको १९७५ मा यश चोपडाले  फिल्म ‘दिवार’मा अमिताभ बच्चनमाथि चित्रांकन गरे । हालसालै प्रकाशित आफ्नो आत्मकथा ‘अ रुड लाइफ’मा प्रसिद्ध पत्रकार वीर सांघवी लेख्दछन्, “दिवार फिल्ममा अमिताभ बच्चनले निभाएको चरित्रले हाजी मस्तानको जिन्दगीलाई बयान गरेको छ । उनले (बच्चनले) मलाई बताएका थिए-  फिल्ममा सिर्फ ७६८ नम्बर वाला बिरालोको कहानी फेन्टासाइज गरिएको थियो ।”

सांघवी बत्ताउँछन्, “मस्तानले केही समयपश्चात् हास्य अभिनेता मुकरीद्वारा आफ्नै जीवनमाथि बनाएको फिल्ममा पनि अभिनय गरेका थिए । यस फिल्ममा उनको जिन्दगीको ग्ल्यामेरराइज्ड पक्षलाई फोकस गरेर दृश्यांकन गरिएको थियो । उदाहरणस्वरूप, फिल्ममा मस्तानले आफ्नो झर्दै गइरहेको कपाल लुकाउनको लागि कपाल कालो बनाउने वीग लगाएका थिए ।”

मस्तानले करीम लाला र वर्दराजन मुदालियारसँग हात मिलाए:

मस्तानले निकैअघि महसुस गरेका थिए कि मुम्बई जस्तो सहरमा बलशाली बन्नको लागि पैसा मात्र भएर केही लछारपाटो लाग्दैन । 

मुम्बईका अन्डरर्वल्ड दुनियाँबारे लेखिएको प्रसिद्ध किताब ‘डोन्गरी टु मुम्बई सिक्स डेकेड्स अफ् द मुम्बई माफिया’मा एस. हुसैन जैदी लेख्छन्, “मस्तानलाई मुम्बईमा आफ्नो शासन कायम गर्नको लागि मसल पावर (शारीरिक बल)को जरुरत थियो । यसको खोजीमा मस्तानले सहरको दुई नामुध गुन्डा नाइके करीम लाला र वर्दराजन मुदालियारसँग हात मिलाएका थिए ।”

इस्वीको १९५६ चल्दै थियो, मस्तानले दमनका गुन्डा नाइके सुकुर नारायण बखियासँग सम्पर्क स्थापित गरे । त्यसपछि के थियो, उनीहरू दुई पार्टनर बने । दोस्ती जम्यो । दुई दोस्तहरूले केही क्षेत्रहरू सरसल्लाहमै एकापासमा बाँड्ने काम गरे । बम्बई बन्दरगाह मस्तानको इलाका थियो भने दमन बन्दरगाह बखियाको इलाका थियो । 

करीम लाला 

इस्वीको १९५६ चल्दै थियो, मस्तानले दमनका गुन्डा नाइके सुकुर नारायण बखियासँग सम्पर्क स्थापित गरे । त्यसपछि के थियो, उनीहरू दुई पार्टनर बने । दोस्ती जम्यो । दुई दोस्तहरूले केही क्षेत्रहरू सरसल्लाहमै एकापासमा बाँड्ने काम गरे । बम्बई बन्दरगाह मस्तानको इलाका थियो भने दमन बन्दरगाह बखियाको इलाका थियो । 

हुसैन जैदी लेख्छन्, “दुबईबाट तस्करी गरी ल्याइने विभिन्न मालसामान दमनमा उत्रने गर्दथ्यो भने अदनबाट ल्याइने मालसामान बम्बईमा उत्रने गर्दथ्यो । बखियाको मालसामानको निगरानीको जिम्मेवारी मस्तानसँग थियो ।”

हाजी मस्तानले यूसुफ पटेललाई मार्नको लागि सुपारी दिए :

मस्तान, वार्डेन रोड र पेडर रोडको बीच सोफिया कलेज सडकको एक बंगलामा बस्न थालेका थिए । 

वीर सांघवी लेख्छन्, “म इस्वीको १९७९ मा हाजी मस्तानको इन्टरभ्यु लिन गएको थिएँ । उसको गार्डेनमा एक पुरानो ट्रक खडा थियो । उक्त ट्रकबारे एक हल्ला चलेको थियो- यो त्यही ट्रक थियो जसमा मस्तानले आफ्नो पहिलो कान्ट्राबैन्डको डेलिभरीको लागि प्रयोगमा ल्याएका थिए । मैले एकपटक मस्तानसँग उक्त ट्रकको बारेमा सोधेको थिएँ तर मस्तानले मेरो तर्कलाई सिधासिधा खण्डन गरिदिए । तर, म दु:खी भइन किनभने उनको ठाउँमा जोसुकै भए पनि खण्डन नै गर्थे ।”

वीर सांघवी बम्बई अन्डरवर्ल्डका अर्का मशहुर गुन्डा नाइके युसुफ पटेलसँग आफ्नो भेट भएको प्रसंग अगाडी सार्छन् । उनी लेख्छन्, “यूसुफलाई आफ्नो खुट्टा हल्लाइराख्ने आदत थियो । जब उनी खुट्टा हल्लाइरहेका हुन्थे, उनको पिँडुला देखिन्थ्यो । तब मलाई थाहा हुन्थ्यो कि उनले  पाइन्टको मुनी पाइजामा (सुरुवाल) लगाएका छन् । मैले त्यसअघिसम्म कसैलाई पनि पाइन्टको मुनी सुरुवाल लगाएको देखेको थिइनँ ।” यसपछि सांघवी लेख्छन्, “एकपटक मैले उनलाई केही पुराना कुराहरू याद गर्नको लागि मनाइछाडेँ ।” 

सांघवी अझ अगाडी लेख्छन्, “उनले मलाई आफैँ बताएका थिए- एकपटक हाजी मस्तानले उनलाई मार्नको लागि करीम लालाका व्यक्तिहरूलाई सुपारी दिएका थिए । उनी सडक हुँदै कतै जाँदै थिए, दुई व्यक्तिले उनलाई गोली हाने र मलाई मरेको भन्ठानेर छाडेर गए । तर म मरेको थिइनँ । मलाई अस्पताल लगियो र म बाचेँ ।”

हाजी मस्तान

पटेल जमिनमा लडे साथै उनको अंगरक्षकले पटेललाई बचाउनको लागि आफूलाई त्यहीं होमिदिए । हत्याराहरूले भाग्ने प्रयास गरे तर मौजुदा भीडले उनीहरूले समातेर पुलिसको हातमा सुम्पिदियो । यूसुफ पटेलको पाखुरामा दुई गोली लागेको थियो भने अंगरक्षक घटनास्थलमै मरेको थियो ।

हत्याको आरोपमा हाजी मस्तान र करीम लालाको गिरफ्तारी :

यस घटनाको जिकिर हुसैन जैदीले पनि आफ्नो किताब गरेका छन् । 

जैदी लेख्छन्, “मुम्बई माफियाको इतिहासमा पहिलो सुपारी हाजी मस्तानले इस्वीको १९६९ मा १० हजार रुपैयाँ (भारतीय) आफैंसँग केही अघि काम गरिसकेका यूसुफ पटेललाई मार्नको लागि दिएका थिए । यो काम करीम लालाको खास दुई व्यक्तिहरू (पश्तून मूल) लाई सुम्पिएको थियो । उनले पटेलमाथि हमला बोल्नको लागि  मिनारा मस्जिद नजिकैको ठाउँ रोजेका थिए ।”

“यी दुईले रमजानको महिनामा यूसुफ पटेलमाथि मस्जिदको भिडभाडवाला इलाकामा गोली चलाइदिए । पटेल जमिनमा लडे साथै उनको अंगरक्षकले पटेललाई बचाउनको लागि आफूलाई त्यहीं होमिदिए । हत्याराहरूले भाग्ने प्रयास गरे तर मौजुदा भीडले उनीहरूले समातेर पुलिसको हातमा सुम्पिदियो । यूसुफ पटेलको पाखुरामा दुई गोली लागेको थियो भने अंगरक्षक घटनास्थलमै मरेको थियो । यो दिन थियो २२ नोभेम्बर, १९६९ ।”

घटनापश्चात् पुलिसले यस मामलामा हाजी मस्तान, करीम लाला एवं अन्य ११ व्यक्तिहरूलाई गिरफ्तार गरेको थियो । 

हाजी मस्तान र यूसुफ पटेलबिच मेलमिलाप :

वीर सांघवीका अनुसार जब उनले मस्तानसँग यस घटनालाई लिएर प्रश्नहरू गरेका थिए, तब उनले स्वीकार गरेका थिए कि ‘ साँच्चैमा यस्तै भएको थियो ।”

 सांघवी लेख्छन्, “मस्तानले मलाई भने कि यूसुफले एक घटनामा उनलाई धोका दिएका दिएका छन् । कोही पनि हाजी मस्तानसँग गद्दारी गरेर जिउँदो रहन सक्दैन ।”

“जब मलाई बताइयो कि पटेल मरिसकेको छ, तब मलाई निकै खुसी लागेको थियो । तर केही समयपश्चात् मैले चाल पाए कि यूसूफ उपचारपश्चात् जीवित छ- मैले यस घटनामा ईश्वरीय सङ्केत पाएँ । यदि अल्लाह यूसुफको मृत्यु अहिले चाहँदैनन् भने अल्लाहको इच्छालाई सम्मान गर्नु जाती लाग्यो । यसप्रकार केही दिनपश्चात् नै हाजी मस्तान र यूसुफ पटेल फेरी एकपटक दोस्त बन्न पुगे ।” 

हाजी मस्तानको बलिवुडका कयौँ हस्तीहरूसँग उठबस थियो 

रुखसाना सुल्तान र हाजी मस्तानको भेट:

हाजी मस्तान हमेसा सेतो कपडा लगाउने गर्दथे । उनको साथीहरू मान्दथे कि सेतो लुगा लगाउँदा मस्तानको व्यक्तित्व अझ खुल्ने गर्दछ ।

वीर सांघवी लेख्छन्, “एकपटक काँग्रेसको नेता सञ्जय गान्धीका मित्र एवं अभिनेत्री अमृता सिंहकी आमा रुखसाना सुल्तानले मलाई हाजी मस्तानसँग पहिलोपटक मिल्दाखेरको क्षण वर्णन गरेकी थिइन् । रुखसानालाई कैमी साबुन प्रयोग गर्ने आदत थियो । त्यस दिनहरूमा सो साबुन भारतमा सित्ति पाइदैन थियो । रुखसाना तस्करीदारहरूसँग ब्ल्याकमा साबुन किन्ने गर्दथिन् ।”

“एकपटक उनले बम्बईको एक भिडभाडवाला बजारमा आफ्नो गाडी पार्क गरिन । र, नियमित साबुन बेच्ने व्यक्तिकहाँ पुगिन । तर त्यहाँबाट उनी रित्तो हात फर्किन पर्‍यो । जब उनी आफ्नो कारतर्फ फर्कँदै थिइन्, त्यहाँ भीड लागेको थियो ।”

“जब  रुखसाना आफ्नो रोकिराखेको गाडी नजिक पुगिन, उनले देखिन कि उनको कारको पछिल्लो सीटमा सयौँ साबुनको खात छ । साबुनको खातसँगसँगै उनले आफ्नो कारको छेउमा सेतो लुगा लगाएको मान्छे उभिरहेको देखिन । श्वेत वस्त्रधारी उक्त मनुवा पहिले मुसुक्क मुस्कुरायो अनि आफ्नो परिचय दिँदै बोल्यो- मलाई हाजी मस्तान भन्ने गर्दछन् ।”

रुखसाना सुल्तान

आम मानिससँग वर्दराजन मुदालियारको पहुँच :

जुन समयमा हाजी मस्तान मुम्बई अन्डरवर्ल्डमा आफ्नो पाइला टेक्ने कोसिस गरिरहेका थिए, अर्का एक जना कुल्ली वर्दराजन मुदालियार भिक्टोरिया टर्मिनास स्टेशनमा आफ्नो जीविका चलाउनको लागि मेहनत मजदुरी गरिरहेका थिए ।

मुदालियारको जन्म तमिलनाडुको वेल्लोर सहरमा भएको थियो । उनले आफ्नो शिक्षा पुरा गरेका थिएनन् । तर, उनी आफ्नो परिवारको एक्लो व्यक्ति थिए- जो अङ्ग्रेजी र तमिल लेख्न-पढ्न जान्दथ्यो । 

मुम्बईको चिरपरिचित क्राइम रिपोर्टर प्रदीप शिन्दे मान्दछन् कि, ‘आम मानिसलाई नागरिक बनाउनमा, उनीहरूलाई रासन कार्ड दिलाउनमा, गैर-कानुनी बिजुली एवं पानी उपलब्ध गराउनमा वर्दको प्रमुख भूमिका थियो  । यो नै उनको शक्तिको गुप्त रहस्य पनि थियो ।”

”उनको शक्ति यसप्रकार थियो कि आम मानिसहरू आँखाँँ चिम्लेर उनको लागि काम गर्ने गर्दथे । तमिलनाडुबाट आउने मानिसहरूको मद्दतको लागि वर्दराजनले आफ्नो दुई विश्वसनीय व्यक्ति खटाएका थिए । उनीहरूको नाम थियो- टाम्स  कुरियन उर्फ खाजा भाइ  र महेन्द्र सिंह विग उर्फ बडा सोमा ।

“वर्दा स्वतन्त्र मैदानमा अवस्थित हिरासतमा ५५५ सिगरेट समाउँदै बताउँ कि नबताउँ भनेर सोचिरहेको थियो, तब एक व्यक्ति फलामको हतकडीमा बाँधिएर ऊतर्फ नै आइरहेको देखियो । नवआगन्तुकले जेलभित्र छिर्नासाथ भन्यो – ‘वणक्कम थलइवार।’ तमिल भाषामा थलइवार अर्थात् ‘चीफ’ । यो शब्द मस्तानले बोलेका थिए । 

हाजी मस्तान र वर्दराजन मुदालियारको भेट :

हाजी मस्तान र वर्दराजन मुदालियार दुवै तमिलनाडूबाट थिए । 

हुसैन जैदीका अनुसार मस्तान र मुदालियार जेलमा भेटेका थिए । एकपटक वर्दालाई पुलिसले भन्सार इलाकामा एन्टिना चोरेको आरोपमा पक्राउ गरेको थियो । पुलिसले चोरीको समान लुकाएर राख्ने गरेको ठाउँ बताउन भनिरहेको थियो, साथै नबताएमा थर्ड डिग्रीको टर्चर दिने धम्की पनि दिइरहेको थियो । 

“वर्दा स्वतन्त्र मैदानमा अवस्थित हिरासतमा ५५५ सिगरेट समाउँदै बताउँ कि नबताउँ भनेर सोचिरहेको थियो, तब एक व्यक्ति फलामको हतकडीमा बाँधिएर ऊतर्फ नै आइरहेको देखियो । नवआगन्तुकले जेलभित्र छिर्नासाथ भन्यो – ‘वणक्कम थलइवार।’ तमिल भाषामा थलइवार अर्थात् ‘चीफ’ । यो शब्द मस्तानले बोलेका थिए । 

यसपपश्चात् मस्तानको सुनको व्यापारमा वर्दा सामेल हुन् पुगे । मस्तानले वर्दालाई यस व्यापारमा संलग्न गराउनुको कारण वर्दाको शारीरिक तागत थियो । वर्दा ‘मसल म्यान’ थिए । 

मस्तान, करीम लाला एवं वर्दाका गठजोड:

जेलबाट निक्लिएपश्चात् मस्तान वर्दाको शारीरिक तागतको प्रयोग गर्नतर्फ लागे ।  वर्दराजन समाजको नाडी छाम्न जान्दथे । वर्दराजन आम मानिसको समस्या सुन्नको लागि हमेसा तयार हुने गर्थे । 

वर्दामाथि कयौँ फिल्म बनाइएको छ, नायकन, दयावान एवं अग्निपथ । अग्निपथमा अमिताभ बच्चन वर्दाको आवाजको नक्कल उतारिरहेको देख्न सकिन्छ । 

अर्कोतर्फ, मस्तानको साम्राज्य बेहिसाब तरिकाले विस्तार भइरहेको थियो ।

हुसैन जैदी लेख्छन्, “ब्ल्याकमा विदेश पठाइने चाँदीको शुद्धता चेकजाँचका लागि मस्तान मशहुर थिए । यतिसम्म कि अन्डर वर्ल्डमा ‘मस्तानकी चाँदी’ नामक ब्रान्ड नै थियो ।” 

मस्तानले मलाबार हिलमा एक आलिसान बंगला र कयौँ महँगा गाडीहरू खरिद गरेका थिए । उनले मद्रासकी सबीहा बी’सँग विवाह गरेका थिए । उनीहरूको तीन छोरी छन्, कमरुन्निसा, महरुन्निसा र शमशाद।

७० को दशक आउँदाआउँदै दक्षिण र पश्चिम बम्बईमा हाजी मस्तान, मध्य बम्बईमा वर्दराजन मुदालियार र करीम लालाको मसाल पावरको एक सानदार गठजोड पैदा भइसकेको थियो ।  

हाजी मस्तान

मस्तानले ग्याङवारलाई दुर्घटना हुनबाट जोगाए:

हाजी मस्तानlलाई पहिलोपटक १९७४ मा र  त्यसपछि १९७५ मा इमरजेन्सीको समयमा गिरफ्तार गरिएको थियो । जेलबाट छुटेपश्चात् मस्तानले तस्करी छाडेर रियल स्टेटको धन्धामा आफूलाई सामेल गराए । 

उता, बम्बईमा  पुलिस अफिसर यादवराव पवारले वर्दराजनलाई बम्बईबाट भगाउने जिम्मा लिए । यस काममा पवार सफल पनि भए । 

वर्दराजन मुम्बई छोडेर मद्रास पुगे । र, त्यही केही वर्षपश्चात् उनको मृत्यु भयो । 

८० को दशकमा आलमजेव र अमीरजादा एवं इब्राहिम परिवारको बीच ‘ग्याङ वार’ सुरु भएको थियो । हाजी मस्तानले यी दुई पक्षलाई मिलाउने भरपुर जमर्को गरे । 

दाऊद इब्राहीम र आलमजेबले कुरानमाथि हात राखेर कसम खाएका थिए कि अब उनीहरूबीच कुनै पनि प्रकारको हिंसा हुनेछैन । तर वाचा पुरा भएन । अर्को दिन नै दुई पक्षबिच दिउँसै गोली हानाहान चल्यो । 

लडिरहेका दुई पक्षबिच कसैलाई पनि मस्तानलाई दिएको वाचाको ख्याल थिएन । यहाँदेखि सुरु हुन्छ मस्तानको पतनको सिलसिला । पछि, दाऊद  इब्राहीम भारत छोडेर दुबई पुगे  । 

हाजी मस्तान

अन्डरवर्ल्ड डनले गरे ठेकेदारको धन्दा:

अन्डर वर्ल्डमाथि आधारित फिल्महरूमा अक्सर देखाइने गरिन्छ कि डनहरू घर बनाउनेहरूसँग पैसा असुल्ने गर्दछन् । तर यहाँ कुरा रोचक छ, यो असली जिन्दगी थियो । यहाँ डन नै ठेकेदार बन्न पुगेका थिए । 

‘हाजी र युसुफ पटेललाई घरजग्गा कारोबार तस्करीभन्दा धेरै फाइदाजनक छ भन्ने लागेको थियो र यो मजाक थिएन । यसको कारण मुम्बई भाडा ऐन थियो । यस कानूनअन्तर्गत निजी सम्पत्तिलाई मजाक बनाइएको थियो, मालिक र भाडावालालाई एउटै भाँडोमा हालिएको थियो,’ वीर सांघवी लेख्छन्,‘ मानौँ, तपाईंसँग एक फ्लाइट छ । तपाईंले त्यसलाई भाडामा राख्नुभएको छ । यदि तपाई भाडावालाले फ्ल्याट खाली गरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो फ्ल्याट भाडावालाको दाँजोमा तपाईंलाई धेरै आवश्यक छ भनेर अदालतमा प्रमाणित गर्नुपर्ने हुन्छ । भाडावालाले आफूलाई अन्त जाने ठाउँ छैन भने सधैँ तर्क दिइरहेको हुन्थ्यो ।’

नतिजा मध्य मुम्बईको पतन सुरु हुन थाल्यो । घरधनीहरुले आफ्नो घरको मर्मत सम्भार गर्न छाडे । बाठा भाडावालाहरूले फ्ल्याटलाई टुक्र्याएर त्यसलाई फेरि भाडामा लगाउँथे । यही मौकामा अन्डरवर्ल्डले यस्ता घरहरु मालिकसँग सस्तो दाममा किन्ने गर्थे ।

त्यसपछि भाडावालाहरुलाई फ्ल्याट छाड्न भनिन्थ्यो । जसले मान्दैन थियो, उसले ठूलो परिणाम व्यहार्नेुपर्थ्यो ।

डनहरूको यस्तो धम्किबाट भाडावालाहरूले तुरुन्त फ्ल्याट खाली गर्थे र फेरि त्यहाँ नयाँ भवन बनाएर उच्च मूल्यमा बेच्थे ।

पुलिसको दबावका कारण विदेश पलायन:

नतिजा यो हुन् पुग्यो कि मुम्बईको पतन सुरु भयो । घरवालाहरूले आफ्नो घरको रेखदेख गर्ने कामबाट पर हट्न विवश भए । 

चतुर भाडावालाहरूले आफ्नो फ्ल्याटलाई टुक्रा-टुक्रामा विभाजित गरेर भाडामा लगाउने सिलसिला सुरु भयो । यसप्रकार असली घरधनीसँग घर भाँडामा लिएर त्यसलाई खण्डखण्डमा विभाजित पारेर अरू व्यक्तिहरूलाई भाँडामा दिने सिलसिला फस्टाउदै गयो । यसमा बीचमा रहेर काम गर्ने मस्तान जस्ता व्यक्तिहरूको दबदबा नित्य बढ्दै गयो । 

यस्ता दलाल(डन)हरूको डरले भाडावालाहरू आफ्नो फ्ल्याट खाँली गरेर निस्कन थाले । जसै फ्ल्याट खाँँली हुन्थ्यो, मस्तान नयाँ कोठाहरू झिकेर तिनलाई महँगो मूल्यमा बेच्ने गर्दथे । यसप्रकार अन्डरवर्ल्डको धन्दा भन्दा घरजग्गाको कारोबारबाट ज्यादा मुनाफा आर्जित हुन् थाल्यो । 

तर ८० को दशकमा जब यस्ता व्यक्तिहरूमाथि पुलिसको दबाब बढ्दै गयो, धेरै व्यक्तिहरू विदेश पलायन हुन् थाले । तर, विदेशबाट अन्डरवर्ल्डको धन्दा रोकिन सकेको थिएन । 

हाजी मस्तान

(बीबीसी हिन्दीबाट)

सम्बन्धित खबर