भिभिआइपीले नदेखेको वीर अस्पतालमा सभामुख अग्नि सापकोटाको अपरेशन !

diyopost.com
दियो पोस्ट  मंगलबार, भाद्र ०८, २०७८ | १८:४०:४२

काठमाडौं, ८ भदौ । राज्य प्रमुख तथा सरकार प्रमुखहरुले सरकारी अस्पतालालाई बेवास्ता गर्ने गरेका छन् ।

सामान्य रोग लाग्दा समेत महँगा नीजि अस्पतालमा उपचार गराएर राज्यको ढुकुटीमा रजाइँ गर्ने भिभिआइपीहरु भन्दा सभामुख अग्नि सापकोटा अपवाद बनेका छन् ।

सिंहदरबार भित्र भारतीय लगानीको एभरेष्ट बैंक हटाएर सरकारी बैंकमा कारोबार गर्न निर्देशन दिएका उनले आफ्नो उपचार समेत सरकारी अस्पतालमा गरेका छन् ।


सभामुख सापकोटाले वीर अस्पतालमा पुगेर आफ्नो दाँतको अपरेशन गरेका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाको दाँतको माइनर सर्जरी गरिएको हो । विहान ११ बजेर ४० मिनेट जाँदावीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो ।

वीर अस्पतालको डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतका चिकित्सकहरुको टोलीले उनको अपरेशन गरेका थिए ।

उनको उपचार प्रक्रिया जारी छ । हाल सभामुख सापकोटा उनको निवासमै आराम गरिरहेका छन् ।

सम्बन्धित खबर