काठमाडौं, ८ भदौ । नेकपा एमालेमा दोस्रो धार भनिएका नेताहरु पनि स्थायी समितिको बैठकमा सामेल भएपछि राम बहादुर थापा बादलको हैसियत खस्किएको छ ।
पूर्व माओवादीमा तेस्रो बरियता ‘महासचिव’ रहेका नेता बादल नेकपा एमाले र माओवादी एकता भएपछि पनि शिर्ष नेता मानिन्थे ।
उनी सचिवालय सदस्यहरु मध्ये पनि शिर्ष नेतामा गनिन्थे । तर, नेकपा एमाले प्रवेशपछि उनलाई विस्तारै मिनिमाइज गर्न थालिएको छ ।
यसअघि भदौ एक गते बसेको नेकपा एमालेको स्थायी समिति बैठकमा बादललाई चौथो बरियता दिइएको थियो । ‘कुर्सी रोल’ अनुसार पहिलो बरियतामा केपी ओली थिए ।
दोस्रो तहमा सुवास नेम्वाङ, तेस्रोतमा ईश्वर पोखरेल र चौथोमा बादल र उपमहासचिव विष्णु पौडेलको तह निर्धारण गरिएको थियो ।
उपाध्यक्ष युवराज ज्ञवालीसहित ९ नेता आज भदौ ८ बसिरहेका बैठकमा नेता बादललाई निकै ह्युमिलियट गरिएको पाइएको छ ।
आजको बैठकमा सबैभन्दा पहिलो रोहमा अध्यक्ष केपी ओली छन् । उनीपछिको हैसियतमा अर्थात दोस्रो बरियतामा उपाध्यक्ष युवराज ज्ञवाली छन् ।
तेस्रो बरियतामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, चौथोमा भिम रावल पाँचौँमा अमृत बोहरा छन् । त्यस्तै छैटौँमा महासचिव ईश्वर पोखरेल, सातौँमा उपमहासचिव विष्णु पौडेल आठौंमा उपमहासचिव घनश्याम भुसाल, आठौँमा सुवास नेम्वाङ र नवौँ तहमा राम बहादुर थापा बादललाई राखिएको छ ।
बादललाई अर्का नेता टोप बहादुर रायमाझीकै तहमा राखिएको बैठकको तस्विरमा देख्न सकिन्छ ।