काठमाडौं, ८ भदौ । रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई रौतहटबाट सरुवा गर्ने तयारी भएको छ ।
एक पत्रकारलाई फसाउन लागु औषध मोटरसाइकलमा राख्न उनले नै निर्देशन दिएको सार्वजनिक भएको थियो ।
उनको स्थानमा एक जना एसपीलाई पठाउने तयारी थालिएको छ ।
उनीमाथि छानबीन गर्नका लागि एसएसपी कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको छ । कानुन शाखाका डिएसपी ज्ञानेन्द्र बस्नेत समेत समितिमा छन् ।
समितिले पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ ।
प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।