काठमाडौं, १० भदौ । जनवादी गायक जेवि टुहुरेको निधन भएको छ ।
राजधानीको बयोधा अस्पतालमा उपचाररत उनको आज मृत्यु भएको हो । डेढ सय भन्दाबढी जनवादी गित गाएका उनी लामो समयदेखि माओवादी आन्दोलनमा समत थिए ।
स्वर्गिय टुहुरेको शवलाई केहीबेर माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राख्ने तयारी छ ।
त्यहीँ उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरुले श्रद्धाञ्जली दिनेछन् । गम्भिर विरामी भएर अस्पताल भर्ना भएका उनको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको थियो ।