झापा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको आरोपमा एक जना वृद्ध बिहीबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका–३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर बिश्वकर्मा रहेका छन् ।
बिश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए । उक्त घटना प्रश्चात उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।