
तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका–५ थाङदीस्थित सडकमा ग–१६ प ५९६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–४ नरीकोट बस्ने ३३ वर्षीया कमला राना रहेकी छिन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिपि कोईराला श्वास प्रश्वाश केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।