धनकुटामा १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

धनकुटा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना शनिबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय रंगलाल तामाङ रहेका छन् ।

तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस