
काठमाडौं । विभिन्न स्थानबाट करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका–६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनिता पटेलको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको परोहा अस्पतालमा उपचारको क्रममा मृत्यु
भएको हो ।
साथै काठमाडौं महानगरपालिका–३१ शान्तिनगर डेरा गरी सोही ठाउँस्थित खाजा घर संचालन गरी बस्ने एक जनाको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राई रहेका छन् । खाजा घरभित्र लत्रिएको विद्युतको तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।