नेपाली कांग्रेस ओखलढुङ्गाको वडा सम्मेलनः जन गुनासो सम्बोधन गर्ने थलो बन्दै

- युवराज पहाडी  

ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुंगाले आयोजना गरेको वडा सम्मेलन अन्तर्गत जिल्लाका अधिकांश स्थानीय तहमा सम्पन्न भएका छ्न् । भाद्र २० देखि ३० सम्म सम्मेलन गरिसक्ने गरि पार्टीले निर्णय गराएर आफ्ना प्रतिनिधि गाउँ–गाउँमा खटाएको छ ।

मोलुङ्ग गाउँपालिका, सिद्दिचरण नगरपालिका, लिखु गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका, चिशङ्खुगढी गाउँपालिका, सुनकोशी गाउँपालिकामा जनउभारका साथ सम्मेलन अगाडी बढिरहेका पार्टी उपसाभापती नवराज केसीले बताए ।

खिजिदेम्बामा संयोजक नवराज केसी, मोलुङका संयोजक अजय लुइँटेल, सिद्दिचरणका सम्योजक भोजकुमार श्रेष्ठ, चिशङ्खुगढीका सम्योजक कमल तमाङ, लिखुका संयोजक उज्ज्वन बुढाथोकी, चम्पादेबीमा राजकुमार ढुंगाना, मानेभञ्ज्याङका सम्योजक प्रदीप बानिया र सुनकोसी संयोजक भुपेन्द्र बस्नेत र सहसम्योजक कुमार श्रेष्ठ रहेका छ्न् ।

हरेक वडाका भेलामा जनताका अधिकांश गुनासो जनप्रतिनिधि र विकास सँग सम्बन्धित रहेको सुनकोसी गाउँपालिकाका संयोजक भुपेन्द्र बस्नेतले बताए । प्रत्येक वडामा निर्वाचित स्थानीय सरकारको काम चित्त नबुझेको गुनासो आउने गरेको बस्नेतले बताए । जनतासँग स्थानीय जनप्रतिनिधिको गुनासो धेरै रहेकोले नेपाल दरुणदलले निरन्तर खबरदारी गरिरहने नेपाल दरुणदलका केन्द्रीय सदस्य बुद्ध लामाले बताएका छ्न् ।

जनताले राखेका गुनासो र जिज्ञासालाई जिल्लामा रिपोर्ट बनाएर पेस गर्ने सुनकोसी गाउँपालिकाका सहसंयोजक कुमार श्रेष्ठले जानकारी दिँदै जनताबाट आएका गुनासोको छलफल गरेर सम्बोधन गरिने प्रष्ट पारे ।

स्थानीय, प्रदेश र सङ्घिय निर्वाचन पछि प्रत्येक वडामा नेपाली कांग्रेसको साङठानिक स्थितिको बारेमा जानकारी लिने उद्देश्यले वडा सम्मेलन राखिएको बताइएको छ । जिल्ला कार्यसमिति ओखलढुंगाले जनताका समस्या सुन्ने उद्देश्यले २० बुदा सहितका प्रश्न लिपिबद्द गरेर पठाएको पार्टी सभापति तेजेन्द्र खनालले प्रष्ट पारेका छ्न् ।

वडा सम्मेलन सौहार्दपूर्ण वातावरणमा जिल्ला भरी सम्पन्न हुने क्रममा रहेको स्थानीय तहमा खटिएका संयोजकहरुले बताएका छ्न् । जिल्ला कार्यसमितिका सदस्यहरुलाई प्रत्येक वडामा खटाएको पनि पार्टी सहसचिब भोज कुमार श्रेष्ठले बताएका छ्न्।

TATA ADD