डोरबहादुर विष्टले बनाएको डिल्लीचौर स्कुल

दियो पोस्ट  

काठमाडौं । जुम्ला पातारासी गाउँपालिका केन्द्र लासी बजारको ठिक अगाडि जप्न गाउँ छ । जप्नको डिल्मा प्राकृतिक ओडार छ, जुन ओडारमा घामपानी छेक्ने र खण्ड खण्डमा मानिसहरु जम्मा भएर राडी पाखा बुन्ने, उखान चुट्किला, धान काट्ने प्रसस्तै ठाउँ छन् । यही ओडारबाट पातारासी (चौधबिस) क्षेत्रमा अनौपचारिक शिक्षाको सुरुवात भयो ।

ओडारबाट जग बसेको शिक्षा क्षेत्रमा मलजल हाल्ने श्रय भने मानवशास्त्री डोरबहादुर विष्टलाई जान्छ । २०१७ सालमा स्थापना भएको ऋणमोक्ष माद्यमिका विद्यालयको मानवाशास्त्री विष्टले आफ्नो सक्रिय जीवनको उत्तराद्र्धतिर जुम्लाको चौधबिसमा शिक्षाको दियो बालेका हुन् । विष्टले २०५० सालमा ऋण मोक्ष मावि डिल्ली चौरमा बेलायत, जापान र जर्मनी सरकारको आर्थिक सहयोगमा सुविधाजनक भवन, बिजुली बत्ती, शैक्षिक सामग्री र छात्रावासको व्यवस्थापन गरी चोधबिसलाई बिर्सिनसक्नुको गुन लगाएको कुरा स्थानीय बासिन्दा अहिले पनि स्मरण गर्छन् ।

डोरबहादुर विष्टले उकालो चौरमा कलात्मक ढंगले निर्माण गरेका भवन अहिले पनि अस्तित्वमा छन् । त्यति बेलाको समयमा अशिक्षा, गरिबी र अज्ञानताको दबदबापूर्ण समाजमा शिक्षा एक मात्रै त्यस्तो अस्त्र थियो, जसको सबै बाधा अड्काउ फुकाउँदै सरल, सहज र सभ्य जीवनयापनका लागि सिंगो समाजलाई डो¥याउन सक्थ्यो । राज्य पुनर्सरचनापछि सिंगो चौधविकास पतारासी गाउँपालिकामा रुपान्तरण भएको यो क्षेत्रमा डोरबहादुर विष्टले छोटो समयमै शिक्षाप्रतिको भोग जगाइसकेका थिए ।

तर, सिंगो पातारासीकै दुर्भाग्य ! २०५२ साल पुस २५ गते घर जान जुम्लाबाट डिंडेका मानवशास्त्री डोरबहादुर विष्टको अवस्था अझै थाहा हुन सकेको छैन । उनले निर्माण गरेको ऋणमोक्ष मावि आजबाट ६३ औं वसन्त पार गर्दै नयाँ वसन्तमा प्रवेश गरेको छ । बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन ऐतिहासिक विद्यालय हाक्ने जिम्मेवारी २९ वर्षीय प्रधानाध्यापक हरिबहादुर बुढाको काँधमा छ ।

ऋणमोक्ष माविको हाल ६२३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक हरिबहादुर बुढाले बताए । विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा थुप्रै समस्या थिए, विद्यालयको घेरबार नहुँदा विद्यालय असुरक्षित थियो । समस्याबाट भाग्नुभनेको अर्को समस्यालाई निमन्त्रणा दिनु हो, जीवनको चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनै पनि माझी कुशल बन्न सक्दैन,’ प्रधानाध्यापक बुढाले भने ।

आजको राजधानी पत्रिकामा खबर छ ।