जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाखसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाखसहित ३ जना पक्राउ परेका छन् । काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका–६ घर भएका ३५ वर्षीय हिक्मत थापाको काठमाडौं महानगरपालिका–१२ भोटेवहालस्थित होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका–६ घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकायासहित ३ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक ताससहित सोमबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस