डाक्टलाई फोनबाट सरुवा

दियोपोस्ट संवाददाता

काठमाडौं । बैतडी जिल्ला अस्पतालका कार्यरत चिकित्सकले टेलिफोनबाट सरुवाको धम्की आएको बताएका छन् । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले व्यक्तिगत रुपमा फोन गरेर सरुवाको धम्की दिएको चिकित्सकले गुनासो गरेका छन् ।

चिकित्सले फेसबुक पेजमा गुनासो लेख्दै भनेका छन्, “सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको हेपाइ ! सन्दर्भ : बैतडी जिल्ला अस्पताल । नेपाल सरकारको छात्रावृत्तिमा अध्ययन गरेबापत दुर्गममा सेवा गर्नुपर्ने सम्झौता भए पनि मन्त्रालयका ठेकेदार नरेन्द्रसिंह कार्कीले बारम्बार व्यत्तिगत रुपमा डाक्टरलाई फोन गरी नेपाल सरकारबाट खटाएको ठाउँमा अर्को ठाउँमा सार्न आफ्नो अनुकुल र प्रलोभनका लागि आधा घण्टाभित्र नाम देऊ, नभए मेरो हिसाबले पत्र काट्छु भन्ने हैसियत कताबाट पलायो ?”

मन्त्रालयका ठेकेदार आरोप लगाइएका व्यक्ति सामाजिक विकास मन्त्रालयका प्रवक्ता एंव वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हुनुहुन्छ । चिकित्सले १५ महिना दुर्गममा सेवा गरिसकेकालाई रोजेको ठाउँमा जान नदिएर मन्त्रालयमा सहमति अड्काएर हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

चिकित्सकको गुनासोको विषयमा प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन कार्कीले बैतडीमा डाक्टरको सङ्ख्या धेरै भएकाले दार्चुला पठाउनका लागि सल्लाह गरेर एक जनाको नाम दिन भनिएको बताउनुभयो ।

“बैतडी अस्पतालमा हामीले भर्खरै एक जना डाक्टर पठायौँ,” वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कार्कीले भन्नुभयो, “दार्चुलाबाट दुई जना डाक्टर बझाङ पठायौँ । त्यता दार्चुलामा डाक्टर नभएकाले बैतडीबाट एक जनालाई पठाउन खोजेका हौँ । हामीले सिधै पत्र पनि काट्न सक्थ्यौँ तर सल्लाह गरेर दार्चुला जाने डाक्टरको नाम मागिएको हो । त्यस्तो धम्की केही होइन ।”

बैतडीका हाल छात्रवृत्ति करारका आठ जना चिकित्सकले सेवा दिइरहनुभएको छ । आठ जनामध्ये तीन जनाको सेवा करार अवधि एक महिनापछि सकिँदै छ । प्राथमिक अस्पतालहरुमध्ये बेतडी जिल्ला अस्पताल १५ शय्याको सुविधासम्पन्न अस्पताल हो ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस