ओखलढुंगा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । विकले सोही जिल्लाकै सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडामा सुन चाँदि व्यवसाय गर्दै आएका थिए ।
विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घरको गोदामभित्र जबरजस्ती करणी गरेका थिए । किशोरीलाई जबरजस्ती करणी पछि उनको महिनावारी रोकिए प्रश्चात पिडितकी आमाले उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।