अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

दियोपोस्ट संवाददाता

मकवानपुर । हेटौंडाको उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पर्सा गढी नगरपालिका–९ टाँगा बस्ने ३० वर्षीय अमिर लाल प्रसाद यादव (संजय), ४५ वर्षीय जंग बहादुर पासवान र ३२ वर्षीय मनोज यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस