पोखरीमा डुबेर बालकको मृत्यु

दियो पोस्ट  

काठमाडौं । पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ बज्राही बस्ने पकंज ठाकुरको छोरा ४ वर्षीय प्रियस राज ठाकुर को आफ्नै घर छेउमा रहेको सार्वजनिक पोखरीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।