काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ को आषिश राई रहेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलाय बुधबारेबाट खटिएको प्रहरी टोलीले राईको कोठा तलासी लिने क्रममा उक्त पदार्थसहित शनिबार साँझ पक्राउ गरेको हो ।
यसैगरी पर्साको विराटनगर महानगरपालिका–२ ईदगाह चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४७ पिस, नुर्फिन १ सय ४७ पिस र फेनारगन १ सय ४७ पिससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ५० वर्षीय प्रदिप बोहरा क्षेत्री रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित शनिबार राति पक्राउ गरेको हो ।
यसैगरी सप्तरीको बलानबिहुल गाउँपालिका–१ मल्हनियाँ स्कुलटोलस्थित सडकबाट फेनारगन १ हजार १ सय ७५ एम्पुल, डाइजेपाम १ हजार १ सय ७५ एम्पुल , बुप्रेनुर्फिन १ हजार १ स ७५ एम्पुलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र राम रहेका छन् । विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले स.१ ह ३६८६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक रामलाई उक्त लागूऔषधसहित शनिबार दिउँसो पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका थप १ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।